ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
काठमाडौँ, १० पुस । श्री कुसुन्ती युवा क्लव र ललितपुर महानगरपालिका–१३ को संयुक्त आयोजनामा दोस्रो ललितपुर मेयर कप भेट्रान फूटबल प्रतियोगिता पुस २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २२ टीमले सहभागिता जनाउने निश्चित भइसकेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । कुसुन्ती युवा क्लवका अध्यक्ष निरज खड्काले सहभागी टीमको दर्ता शुल्क रु. १० हजार तोकिएको जानकारी दिनुभयो । काठमाडौँ बाहिरबाट सहभागी हुने टीमलाई भने शुल्क नलाग्ने उहाँले बताउनुभयो ।
एट ‘ए’ साइड स्वरूपमा हुने प्रतियोगितामा सहभागी टीमले ४० वर्षमाथिका चार, ४५ वर्षमाथिका तीन र ५० वर्षमाथिका एक खेलाडी समावेश गर्नुपर्नेछ । विजेता टोलीले रु. दुई लाख तथा उपविजेताले रु. एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब रु. १६ लाख खर्च हुने आयोजकले जनाएको छ । वडाले रु. पाँच लाख उपलब्ध गराएको छ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको खेल जावलाखेल मैदानमा खेलाइने छ ।
Leave a Reply