भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, १३ पुस । नेपाल मजदुर किसान पार्टी भनपा ७ इनाचो–चोर्चा समितिको आयोजनामा शनिबार गाईजात्रा पर्वमा सहभागी कलाकार, संस्कृतिकर्मी तथा वाद्यवादक समूहलाई धन्यवाद कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले हरेक कार्यक्रम निश्चित समयभित्र गर्न सके त्यसको औचित्यता अझ बढ्ने विचार व्यक्त गर्नुभयो ।
कुनै पनि कार्यक्रम देखाएर मनोरञ्जन लिनु र गर्नुभन्दा शिक्षामूलक, सन्देशमूलक हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताले गरेको योगदान खेर नजाने प्रस्ट पार्नुभयो ।
राजनीतिसँग नजोडिएको कार्यक्रम इन्जिनबिनाको गाडीजस्तै हुने चर्चा गर्दै सभासद् सुरेन्द्रराज गोसाईले गाईजात्रामा देखाइने सांस्कृतिक विधाहरू समय सापेक्ष हुनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाको महाधिवेशन फागुन १६ देखि १९ गतेसम्म भक्तपुरमा हुने जानकारी दिँदै उहाँले उक्त अधिवेशन सफल पार्न हरेक समुदाय र क्षेत्रका जनताले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय पार्टी समितिका अध्यक्ष एवं सभापति कृष्णगोविन्द खाइजुले स्थानीय तहदेखि केन्द्रीय तह या सिंहदरबारसम्म देखिएका विकृति र विसङ्गतिविरुद्ध गाईजात्रामा व्यङ्ग्य गर्ने बताउनुभयो ।
कार्यक्रममा विष्णुराम दुमरु, विष्णुप्रसाद दुमरु र चन्द्रप्रसाद दुमरुले पनि गाईजात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी कलाकार तथा वाद्यवादन समूहलाई मायाको चिनो प्रदान गरिएको थियो ।
Leave a Reply