भर्खरै :

निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोगसम्बन्धी स्वास्थ्य शिविर

निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोगसम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर, १३ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवा केन्द्र व्यवस्थापन उपसमितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोगसम्बन्धी स्वास्थ्य शिविर कमलविनायकमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाका सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका निम्ति संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही सामाजिक क्रियाकलापहरू पनि गर्दै आएको बताउनुभयो । उहाँले समुदायको हितको लागि कोभिड महामारीको बेला भक्तपुर नगरपालिकालाई आर्थिक सहयोग गर्नुका साथै ख्वप खस्पतालमा अक्सिजन प्लान्ट बनाउन संस्थाले सहयोग गरेकोे स्मरण गराउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले सहकारी संस्थाका सेवाग्राहीहरूलाई यस किसिमका स्वास्थ्य शिविरहरूले स्वास्थ्यप्रति चेतना दिने भन्दै स्वास्थ्य शिविरका कारण सर्वसाधारणलाई बेलाबेला स्वास्थ्य परीक्षण गराउनुपर्छ भनी शिक्षा दिएको बताउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सीदास दुमरुले आफू अस्वस्थ भए कुनै पनि कार्यमा सफल बन्न नसकिने बताउँदै स–साना रोगहरूको उपचार समयमै नगराएपछि रोग जटिल बन्दै जाने भन्नुभयो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति रमेश दुमरुले सदस्यहरूले सहजरूपमा संस्थाका सेवा र सुविधा उपयोग गर्न सेवा केन्द्रको स्थापना भएको जानकारी दिनुभयो ।
संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरुले सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।
शिविरमा संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।

पर्स र ब्याग बनाउने तालिम सम्पन्न
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा संस्थाको ३१ औँ स्थापना दिवसको अवसरमा दुईदिने कुरूश प्रयोग गरी पर्स र ब्याग बनाउने तालिमको समापन कार्यक्रम सेवा केन्द्र कार्यालय, तेखापुखुमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले समुदायमा आधारित भई कार्य गर्दै आएको सिद्धि गणेशले सदस्यहरूको विश्वास र सहयोगले गर्दा जिल्लामा मात्र नभई देशकै सफल सहकारी बनेको बताउनुभयो ।
उहाँले संस्थाबाट निरन्तर सीपमुलक, आयमूलक तथा व्यक्तित्व विकास गर्ने तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
अध्यक्ष लाखाले सिकेका सीपको उपयोग गरी उद्यम गर्दा सुरूवातमा सफल नभए पनि निरन्तर अभ्यास गर्दै जाँदा एक दिन अवश्य सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति राधेश्याम सैंजुले वि.स. २०६९ सालदेखि संस्थाका पश्चिमी भेगका सदस्यहरूलाई सहज रूपमा संस्थाको सेवा र सुविधा प्रदान गर्न सेवा केन्द्र सञ्चालन हँुदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक एवं उपसमितिका सदस्य चम्पा खत्रीले तालिमको उपादेयताबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्रप्रसाद दुमरू, सचिव पुण्यराम कर्माचार्य, तथा तालिमका प्रशिक्षार्थी लक्ष्मीशोभा बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *