व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमानदारिता र कर्मले निर्धारण गर्ने
- असार २१, २०८३
काठमाडौँ, १२ पुस । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० बारे शुक्रबार छलफल भयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उक्त विधेयकमा संशोधन पेस गर्दै संविधानमा समाजवादउन्मुख राज्य बनाउने उल्लेख गरिएअनुसार ऐन नियम नबनेको बताउनुभयो ।
सांसद सुवालले स्पष्टसँग राख्नुभयो, “समाजवादउन्मुख राज्यमा सरकारको स्वामित्व हुन्छ । नेपालमा ८० प्रतिशत जलविद्युत् उत्पादन निजी क्षेत्रको नाममा विदेशीसमेतको हातमा दिइएको छ । भारतसँग कोसी, गण्डक सम्झौताको विरोध भएको थाहा पाएका संंसद्वादी दलहरू सरकारमा गएर टनकपुर महाकाली, पञ्चेश्वर, अरूण, पश्चिम सेती, माथिल्लो कर्णाली, मुगु कर्णाली, तिला –१, तिला –२, फुकोट कर्णाली, चिसापानी कर्णालीलगायत जलविद्युत् परियोजना भारतलाई दिनु नेपालको हितमा छैन ।”
“भारतमा भन्दा नेपालमा ६ गुणा बढी पानी छ । भारतले बिजुली उत्पादन कोइला, सौर्य, आणविक समेतबाट गर्दै छ । नेपालसँग बिजुली उत्पादन सम्झौताको नाममा भारतले नदीनालाको पानी कब्जा गर्न चाहेको हो । भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् परियोजना भारतकै इरेज र सतलज कम्पनीलाई बेच्यो । नेपालको नदी भारतले कसरी बेच्न सक्छ ? नेपाली काङ्ग्रेसको कृष्णप्रसाद भट्टराईले २०४८ सालमा नेपालको नदीनाला भारतको पनि साझा हुने सम्झौता गरेको खारेज गर्नु जरूरी छ”, सांसद सुवालले थप्नुभयो ।
“सरकारले भारत र बङ्गलादेशलाई बिजुली बेचेको र चीनलाई पनि बेच्ने दाबी गर्र्दै छ, चीनले तिब्बतको पठारमा विश्वकै ठुलो जलविद्युत् उत्पादन गर्दै छ । साङ्घाई इन्स्टिच्युट फर साउथ एसियन स्टडिज निर्देशक लिउ चोङमीले नेपाललाई उच्च भोल्टको पावरग्रिड बनाउने सार्वजनिक गरे” सांसद सुवालले थप्नुभयो । “यो स्थितिमा नेपालले चीनलाई बिजुली बेच्ने दाबी गरेको कार्यान्वयनमा सजिलो हुनेछैन”, उहाँले भन्नुभयो ।
पर्याप्त बिजुली उत्पादन नहुँदा नेपालका उद्योगहरू पूर्ण क्षमतामा नचलेको, चिसोमा भारतबाट २० प्रतिशतभन्दा बढी एलपी ग्यास आयात बढेको, सरकारले युवालाई देशमा रोजगारी नदिने र वैदेशिक रोजगारीमा पठाउने काम गरेको उल्लेख गर्दै सांसद सुवालले बिजुली अभावकै कारण पाँच महिनामा सरकारको आम्दानीभन्दा डेढ खर्ब रूपैया खर्च बढेको र कर्णाली प्रदेशका २६ प्रतिशत जनताको घर बिजुलीबिना अँध्यारो भएको बताउनुभयो ।
बैठक समितिका सभापति दीपकबहादुर सिंहको अध्यक्षतामा भएको थियो ।
Leave a Reply