भर्खरै :

सुकुन्दा सहकारी मनमैजुको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

सुकुन्दा सहकारी मनमैजुको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, १४ पुस । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभा तारकेश्वर न.पा. १०, मनमैजुमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “सहकारी ठगहरू त भागे, सरकार पनि जनताबाट भागेको छ । जनतालाई समस्या परेको बेला सरकार चाहिन्छ । तर, सरकार जनताको बचत रकम हिनामिना गर्नेलाई जोगाउँदै छ । नियोजितरूपमा सहकारीमाथि हमला हुँदै छ । यसमा ठुला बैङ्कका सञ्चालकहरू नै लागिपरेका छन् ।”
स्वागत मन्तव्य उपाध्यक्ष गणेशमान महर्जनले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सनकमान महर्जनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *