भर्खरै :

राकम कर्णालीमा अन्तरक्रिया कार्यक्रम

दैलेख, १४ पुस । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिले चिनियाँ कम्युनिस्ट पार्टी तथा सर्वहारावर्गका गुरु माओ त्सेतुङको १३१ औँ जन्म जयन्तीको अवसरमा आठबिस नगरपालिका वडा नं ४ राकम कार्णालीमा एक अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टी दैलेख जिल्ला समितिका सहसचिव प्रज्वल केसीले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनामा उहाँको ठुलो योगदान रहेको उल्लेख गर्दै माओबाट सिक्नुपर्ने कुरालाई बेवास्ता गरेकाले कम्युनिस्टमाथि विश्वास टुटेको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य मानबहादुर सिजापतिले माओले चिनियाँ भूमिमा देशी तथा विदेशी शत्रुसामु पटक्कै नझुकी छोटो समयमै कम्युनिस्ट सत्ता स्थापना गर्न सफल भएको र चीन संसारकै विकास र अर्थतन्त्रमा अब्बल बन्न सक्ने आजको अवस्था आउनुमा माओ त्सेतुङको योगदान रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा पार्टी दैलेख जिल्ला समितिका सदस्यद्वय कलबहादुर सिजापति र धनबहादुर सिजापति, आठविस नगरपालिका वडा नं ७, ८, ९ वडा अध्यक्षहरू क्रमशः रणबहादुर कठायत, रामबहादुर बडुवाल र नवीन सिजापति, मोतिकामी, दलबहादुर सिजापति, टेकबहादुर सिजापति, लोमनकुमार बडुवाल, कलमबहादुर सिजापति, कटक सिजापतिलगायतका वक्ताहरूले अन्तरक्रियामा भाग लिनुभएको थियो ।
कार्यक्रम नेमकिपा आठविस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *