भर्खरै :

थिबोडिन साकोसको १३ औँ साधारणसभा

थिबोडिन साकोसको १३ औँ साधारणसभा

मध्यपुर, २० पुस । थिबोदिन बचत तथा ऋण सहकारी संस्था, बोदेको १३ औँ साधारण सभा शनिबार सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले भक्तपुरमा सहकारी बढेसँगै रोजगारीको अवसर, उत्पादन तथा घरेलु उद्योगको विकास कति भयो भन्नेबारे अनुसन्धान आवश्यक भएको भनाइ राख्नुभयो ।
उहाँले समाजलाई अझै सुसंस्कृत बनाउन सहकारीले के कति काम ग¥यो भन्नेबारे छलफल गर्नुपर्ने भन्दै सहकारी संस्थाहरूले युवा पुस्तालाई सामाजिक बनाउन गतिविधि सञ्चालन गर्नुपर्ने भनाइ राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले किसानको श्रमको शोषण गरेकै कारण नेपालको आर्थिक परिवर्तन हुन नसकेको भनाइ राख्नुभयो । उहाँले सरकारले कृषि उत्पादन बढाउन यथोचित काम नगरेकै कारण युवा बिदेसिएको बताउनुभयो । भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्र विकास गर्न नदिएको उहाँको भनाइ थियो ।
थिबोदिन साकोसका अध्यक्ष प्रेमजन थापाश्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मध्यपुर नपा वडा नं ८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठले सहकारीको प्रगतिको निम्ति सदस्यहरू सचेत तथा चनाखो हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घका सुरेन्द्र थाश्रेष्ठ, झिगु ख्वप साकोसका आशाकुमार चिकंबञ्जार, महालक्ष्मी साकोसका सूर्यबहादुर घो, नीलबाराही साकोसका हरिकृष्ण भासिमा, थोपा साकोसका लक्ष्मीनाथ था, पाँचागणेश साकोसका सामसुन्दर जोशी, कोपिला साकोसका विक्रम वैद्य, शिक्षा विकास साकोसका तुल्सीहरि प्रजापतिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव कर्णबहादुर प्रजापतिले प्रतिवेदन, कोषाध्यक्ष रामसुन्दर पाँले आर्थिक प्रतिवेदन, लेखा संयोजक कृष्ण श्रेष्ठले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा नीलबाराही गण नाच (द्यो प्याखँ) कलाकार र थिमि भैल आयोजकलाई सांस्कृतिक सम्मान, संस्थाका ज्येष्ठ सदस्य तथा संस्थाका सदस्यका सन्तानमध्ये विद्यालय शिक्षा परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *