जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, २० पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा विकासको प्रमुख आधार भएको हुँदा शिक्षामा अगाडि बढेको देश विकासमा पनि अगाडि बढेको हुन्छ भन्नुभयो ।
महेन्द्र विद्याश्रमको ४० औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आइरहेको बताउनुभयो ।
आर्थिक समस्याका कारण उच्च शिक्षा ग्रहण गर्नबाट बञ्चित नहोस् भन्ने हेतुले भनपाले शैक्षिण ऋण प्रदान गर्दै आएकोमा हालसम्म ७८१ जना विद्यार्थीहरूले शैक्षिक ऋणबाट अध्ययन गरिसकेको उहाँले बताउनुभयो ।
युवा विद्यार्थीहरू विदेसिने क्रम बढ्दै जानु देशको लागि चिन्ताको विषय भएको धारणा राख्दै उहाँले यही अनुपातमा विद्यार्थीहरू विदेसिने हो भने विद्यार्थी अभावमा नेपालका धेरै कलेजहरू बन्दै हुँदै जाने बताउनुभयो ।
सरकारले विद्यार्थीहरूको हितमा नीति निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर नपाले शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयका प्रअ अनिल श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक महेन्द्रप्रसाद मास्के, भनपा ३ का कार्यबाहक वडाध्यक्ष कृष्णगोपाल चौगुठीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विद्यार्थी र शिक्षकहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply