युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
“जेसुकै भए पनि २१ औँ शताब्दीमा स्थिरता ल्याउने हो भने चीन र अमेरिका मिलेर काम गर्नैपर्छ । यदि प्रतिस्पर्धा र सहयोगले पूर्णतया टकरावलाई बाटो दियो भने २१ औँ शताब्दीले हामी दुवैलाई पर्खिरहेको छ ।”
यो कुरा अमेरिकी विचारक स्तम्भकार थोमस एल फ्राइडम्यानले हालैको चीन भ्रमणलाई समेटेर एक लेख लेखेका थिए । उनी विश्वास गर्छन् कि अमेरिका र चीन मात्र दुई शक्ति हुन् जसले सँगै कुनै पनि आशा दिन सक्छन्, किनकि आज विश्वले कृत्रिम बुद्धिमत्ता र जलवायु परिवर्तनको सामना गरिरहेको छ ।
फ्रिडम्यानको विचारले चीन र अमेरिकाजस्ता प्रमुख देशहरूले कसरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेबारे अन्तरदृष्टियुक्त अमेरिकीहरूको स्पष्ट बुझाइ र तर्कसङ्गत सोचलाई प्रतिनिधित्व गर्दछ ।
बारम्बार द्वन्द्वबाट पीडित यस अशान्त संसारमा मानव जातिले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छ । यस पृष्ठभूमिमा, प्रमुख–देश प्रतिस्पर्धा समयको अन्तर्निहित तर्क हुनुहुँदैन एकता र सहयोगले मात्र मानवतालाई वर्तमान कठिनाइहरू पार गर्न मद्दत गर्नसक्छ ।
चीन र अमेरिका दुवैले वर्तमान परिस्थितिमा दुई देशबिचको साझा हित सङ्कुचित हुनुको सट्टा विस्तार हुँदै गएको कुरा स्वीकार गर्नुपर्छ । तिनीहरूको सहयोग अर्थतन्त्र, व्यापार, कृषि, प्रतिरक्षा, कानुन प्रवर्तन र जनस्वास्थ्यका लागि मात्र नभई जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी चुनौतीहरूको सामना गर्नुका साथै अन्तर्राष्ट्रिय जल्दोबल्दो मुद्दाहरूलाई सम्बोधन गर्न पनि महत्वपूर्ण छ ।
अमेरिकामा धेरैले विश्वास गर्छन् कि “ठुलो शक्तिसँग ठुलो जिम्मेवारी आउँछ ।” चीनले कुनै पनि देशको अन्तर्राष्ट्रिय हैसियत उसको मनको खुलापन, दृष्टिको चौडाइ र जिम्मेवारीको भावनाले मापन गर्ने मान्यता राखेको छ ।
विश्वका दुई ठुला अर्थतन्त्र भएका र संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य भएको नाताले चीन र अमेरिकाले मानव जातिको भविष्य र विश्व शान्तिका लागि आफ्नो जिम्मेवारीलाई सधँै स्मरणमा राख्नुपर्छ, विश्वका लागि जनहित प्रदान गर्नुका साथै विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सक्रिय भूमिका खेल्नुपर्छ ।
आजको संसारमा, मानवता साझा भविष्यको साथ घनिष्ठरूपमा जोडिएको समुदाय हो । देशहरू लगभग १९० साना डुङ्गाहरूमा अलग–अलग सवार छैनन्, बरू सबै एक विशाल जहाजमा छन् जसमा तिनीहरूको साझा भाग्य टिकेको छ । तसर्थ, उनीहरूले एकअर्काको विकासलाई चुनौतीको सट्टा अवसरको रूपमा हेर्नुपर्छ र एकअर्कालाई प्रतिद्वन्द्वीभन्दा पनि साझेदारको रूपमा व्यवहार गर्नुपर्छ । विश्वव्यापी एकता, सहयोग, पारस्परिक लाभ र जीत समयको परिभाषित विषय बन्नुपर्दछ । चीनले विश्व र अमेरिकासँगको सम्बन्धलाई यसरी हेर्छ ।
चीनले मानवता साझा भविष्य भएको समुदाय हो भनी विश्वास गरेकोले यसले सधैँ चीन–अमेरिका सम्बन्धलाई सहज सञ्चालन गरेको छ । इतिहास, जनता र विश्वका लागि जिम्मेवारीबोध र पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विजयी सहयोगको सिद्धान्तमा आधारित सम्बन्ध हुनुपर्छ । चीन सधैँ दुई देश साझेदार हुनुपर्छ, प्रतिद्वन्द्वी होइन भन्ने मान्यता राख्छ । थ्युसिडाइड्सको जाल ऐतिहासिक अपरिहार्यता होइन र नयाँ शीतयुद्ध लड्नु हुँदैन र जित्न सकिँदैन ।
दुई प्रमुख देशहरू एकअर्कासँग राम्रोसँग मिल्नको लागि सही बाटो खोज्दै चीन–अमेरिकाको सम्बन्ध स्थिर, स्वस्थ र दिगो विकासको प्रवद्र्धन गर्न चीन प्रतिबद्ध छ । यसले मानवताको भविष्यलाई अगाडि र केन्द्रमा राख्ने चीनको जिम्मेवार मनोवृत्ति झल्काउँछ ।

Thomas Friedman, New York Times columnist and author in the newspaper’s Washington, DC bureau.
प्रमुख–देश प्रतिस्पर्धाले समयको प्रवृत्तिलाई प्रतिनिधित्व गर्दैन, अझै पनि यसले अमेरिकाको आफ्नै समस्या वा विश्वले सामना गर्ने चुनौतीहरूको समाधान गर्न सक्छ । चीन र अमेरिकाले संयुक्त रूपमा जिम्मेवारी वहन गर्नुपर्छ र विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न उदाहरण बसाल्नुपर्छ ।
विगतमा चीन र अमेरिकाले विश्व अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय वित्तीय सङ्कटको दलदलबाट बाहिर निकालेर जी–२० सदस्यहरूसँग मिलेर संयुक्तरूपमा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुग्न जोड दिएका छन्, जसले वैश्विक तापक्रम वृद्धिदसँग लड्ने नयाँआशा ल्याएका छन् ।
विश्व आर्थिक पुनरुत्थान सुस्त रहेको र विश्वव्यापी चुनौतीहरू देखा पर्दै गएकाले चीन र अमेरिकाले प्रमुख राष्ट्रको रूपमा जिम्मेवारी वहन गर्न नेतृत्व लिनु, विश्वलाई तल तान्ने पारस्परिक द्वन्द्वबाट अलग रहनु र अन्य राष्ट्रहरूलाई जबरजस्ती पक्ष लिनबाट जोगाउनु अझ आवश्यक छ ।
ट्यारिफ युद्ध, व्यापार युद्ध र प्राविधिक युद्ध इतिहास र अर्थशास्त्रको कानुनको प्रवृत्तिको विरूद्ध हो र तिनीहरूले कुनै विजेता हुने गर्दैनन् । आर्थिक र व्यापार विवादहरूको लागि, न त सेतु बिच्छेद वा आपूर्ति श्रृङ्खला अवरोध समाधान हो† पारस्परिक लाभकारी सहयोगबाट मात्र साझा विकास हासिल गर्न सकिन्छ । बढ्दो विज्ञान–प्रविधि क्रान्ति र औद्योगिक रूपान्तरणको अनुहारमा, “सानो करेसाबारी, उच्च घेराबार” एक प्रमुख देशले गर्नुपर्ने होइन† खुलापन र साझेदारीले मात्र मानवताको कल्याणलाई अगाडि बढाउन सक्छ ।
चीन र संयुक्त राज्य अमेरिकाले समान र व्यवस्थित बहुध्रुवीय विश्व र विश्वव्यापी लाभकारी र समावेशी आर्थिक भूमण्डलीकरणको प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्छ, शान्तिको ज्योति विश्वका कुनाकुनासम्म पुगोस् र विकासका लाभहरू विश्वभरका मानिसहरूले अझ निष्पक्षरूपमा बाँडफाँड गर्ने कुरा सुनिश्चित गर्नुपर्दछ ।
“विश्व मामिलाहरूमा केही निश्चितताहरू छन् । हामीलाई के थाहा छ कि अमेरिका र चीनबिचको ठूलो सहयोगबिना, संसार गम्भीर सङ्कटमा पर्नेछ,” एक अमेरिकी विद्वानले चीन–अमेरिका सम्बन्ध र भविष्यको विकासको विश्लेषण गर्दा भने ।
चीन–अमेरिका सहयोगले सबै समस्याहरू समाधान गर्न सक्दैन, तर चीन–अमेरिका सहयोगबिना केही समस्याहरू समाधान गर्न सकिन्छ । अमेरिकाले एक प्रमुख देशको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, इतिहासको सही पक्षमा उभिनुपर्छ र चीनसँग वार्ता र सञ्चारलाई सुदृढ गर्न, भिन्नतालाई सही ढङ्गले व्यवस्थापन गर्न र पारस्परिक रूपमा लाभदायक सहयोग विस्तार गर्नका लागि काम गर्नुपर्छ, जसले गर्दा संसारमा थप निश्चितता र सकारात्मक ऊर्जा थप गर्न सकिन्छ ।
(झोङ शेङ पिपुल्स डेलीले विदेश नीति र अन्तर्राष्ट्रिय मामिलाहरूमा आफ्नो विचार व्यक्त गर्न प्रयोग गर्ने एक कलमी नाम हो ।)
– पिपुल्स डेली अनलाइनबाट
अनुवाद : प्रकाश
Leave a Reply