दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सरकार किन मौन ?
- भाद्र ८, २०८३
२०८१ पुस २२ गते सोमबारको ‘मजदुर’ दैनिकको ‘वागीश्वरी कलेजलाई क्यूएए प्राप्त’ शीर्षकको समाचार पढ्न पाउँदा निकै खुसी लाग्यो । अब भक्तपुरमा पनि क्यूएए प्राप्त सामुदायिक कलेज भएकोमा भक्तपुरवासीको नाताले गौरव अनुभव गरेँ । यसको लागि वागीश्वरी कलेज परिवारलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
समाचारमा एक पटक क्यूएए पाएपछि त्यसको अवधि पाँच वर्षको लागि भन्ने बुझेँ । क्यूएए पाँच पाँच वर्षमा नवीकरण गर्नुपर्ने रहेछ । तीनपटक नवीकरण ग¥यो भने त्यो कलेजले डिन विश्वविद्यालयको मान्यता पाउने भन्ने कुरा समाचारमा उल्लेख छ । तर, यो ‘डिन विश्वविद्यालय’ के हो, कस्तो हो बुझिनँ । ‘नेट’ मा यसबारे खोजी गरेर बुझ्ने प्रयास गरेँ† स्पष्टरूपमा बुझिने गरी भेटिएन । के ‘डिन’ नभई ‘डिम विश्वविद्यालय’ हो कि भन्ने लागेको हो । यसबारे सम्बन्धित निकायले प्रस्ट पारे हामीजस्ता शैक्षिक समाचारमा रूचि राख्ने पाठकहरू लाभान्वित हुने थियो ।
क्यूएए अर्थात् गुणस्तर सुनिश्चितता तथा प्रत्यायनबारे साथीहरूबाट धेरै चर्चा त सुनेको छु । ‘मजदुर’ मा प्रकाशित समाचारमा पनि क्यूएए प्राप्त कलेजको पढाइ अन्तर्राष्ट्रिय मान्यता पाउने भन्ने उल्लेख छ । के क्यूएए प्राप्त नभएका कलेजको पढाइलाई अन्तर्राष्ट्रिय मान्यता नपाउने हो त ? के फरक हुन्छ क्यूएए प्राप्त कलेज र क्यूएए प्राप्त नभएको कलेजबिच ? त्यो पनि बुझ्ने चाहना छ – सम्बन्धित निकायबाट । जे होस् वागीश्वरी कलेजले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेकोमा फेरि पनि हार्दिक बधाईसहित थप प्रगतिको शुभकामना !
Leave a Reply