पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र १३, २०८३
भक्तपुर, २७ पुस । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सहकारी संस्थालाई आर्थिक कारोबारको थलो मात्र बनाउनुहुँदैन† ‘जय जय सहकारी’ को गीत गाएर मात्र नहुने भयो; सहकारी संस्थाले सदस्य र सदस्यका छोराछोरीलाई सांस्कृतिकरूपले माथि उठाउने काम गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “रुसका विश्वविख्यात साहित्यकार अलेक्जेन्डर पुश्किनले १२ वर्षको उमेरदेखि उत्कृष्ट रचनाहरू लेखेका थिए । उनी भन्थे, “म जारहरूको मनोरञ्जनको लागि लेख्दिनँ । दुई वर्षअघि नै रुसका कतिपय नयाँ पुस्ता १५ वर्षको उमेरमा फ्रान्सेली, अङ्ग्रेजी, जर्मनी, ल्याटिन, रुसी भाषामा पोख्त थिए भने गणित, इतिहास, साहित्य, चित्रकला, सङ्गीत, नृत्यमा पनि रुचि थिए ।”
सहकारी संस्थाहरूले नयाँ पुस्तालाई त्यसरी नै तयार गर्न लागिपर्नु जरुरी भएको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई मदिरा सेवन, धूमपान र जुवातासबाट टाढा राख्नु आवश्यक छ† यो काममा सहकारी संस्थाको पनि योगदान जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सक्वका इन्जिनियर राजदास श्रेष्ठले आफ्नो संस्मरणमा लेखे, सार्वजनिक भोजनालयमा खान जाँदा धेरैजस्तो ठाउँमा पाउरोटी र नौनी (चिज) सित्तैमा दिइन्थ्यो । यो सन् १९७०–७५ को अवस्था हो । राजदासले अर्काे पनि लेखे, रुसी जीवनमा भोड्का (रक्सी), संस्कारले नराम्रो नै प्रभाव पारेको थियो । ज्यादै पिउने बानीले धेरै रुसी नागरिकको अल्पायुमै मृत्यु हुने र घरघरमा झैझगडा पनि हुनेगथ्र्याे । रक्सी सेवनको कारण त्यहाँको मृत्युदर बढी थियो ।”
उहाँले भन्नुभयो, “पुस २५ गते अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष उराज अधिकारीले नेपाल वायु सेवा निगम निजीकरण गर्ने षड्यन्त्र भएको, चिनियाँ हवाईजहाज पाँच वटा (एउटा दुर्घटनामा परेको) पुनः उड्न नदिइएको नागरिक उड्डयन मन्त्रीहरूले निगमलाई अत्यावश्यक दबाब दिएको विषय राखेका थिए ।”
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कमिसन खानको लागि विमानस्थल बनाइएको विषय राख्नुभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले समिति बैठकमा उल्लेखित विषयलगायत सौर्य विमान दुर्घटनाको प्रतिवेदन पीडितको पक्षमा पेस नभएको विषयमा आवश्यक निर्णय हुनुपर्ने मत राख्न खोजेका थियौँ । समितिका सभापति राजकिशोर यादवले हामीलाई बोल्न नदिई एकैपटक ‘चूप लाग्नू’ जस्ता शब्द प्रयोग गरेको हुँदा हामीले सभापतिलाई निरङ्कुश नबन्न र सांसदको मत राख्न दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थियौँ । सभापतिले आफूले पेस गरेको निर्णय पारित भएको एकतर्फी घोषणा गरी बैठक टुङ्ग्याएको हुँदा हामीले त्यसको खण्डन गर्नुपरेको हो ।”
सभापतिले बैठकमा हामीलाई अपमान गर्नु हाम्रा सबै मतदातालाई अपमान गर्नु जस्तै भएको उल्लेख गर्दै उहाँले २०३१ सालमा संसद्ले पारित गरी सिक्किमलाई भारतमा गाभेको थियो† आज नेपालको सरकारी उद्योग र संस्थाहरू निजीकरण गरेकाहरूले भोलि सिंहदरबारसँगै देश नबेच्ला भन्न सकिँदैन; यसकारण नेपाली जनता सचेत हुन जरुरी छ भन्नुभयो ।
संस्था सञ्चालक समितिका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का सदस्य काजीबहादुर पञ्च, संस्थाका सल्लाहकारहरू कुमार लघु, विमल राजचल, गणेशप्रसाद सुवाल तथा विकास ब्यान्जुलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा संस्थाका सचिव अमर बासुकलाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीनारायण सुवालको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका सयोजक लक्ष्मीदास बासुकलाको लेखा सुपरिवेक्षण प्रतिवेदन छलफलसहित अनुमोदन गरिएको थियो ।
कार्यक्रममा एसईई उत्तीर्ण हुन सफल सदस्यहरूलाई मेडल तथा प्रशंसापत्र वितरण, ७० वर्ष ज्येष्ठ सदस्य तथा असल ऋणी एवं असल बचतकर्ताहरूलाई सम्मान गरिएको थियो ।
Leave a Reply