चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, २८ पुस । वागीश्वरी कलेजको आयोजनामा स्नातक तह बीए, बीबीएस चौथो वर्ष र स्नातकोत्तर तह एमए र एमबीएस चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई ई–लाइब्रेरी रिसोर्सेस प्रयोगबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र विभिन्न पुस्तकालयहरूको चर्चा गर्दै भक्तपुर नगरपालिकावाट सञ्चालित जनज्योति पुस्तकालयमा सञ्चालन भइरहेको ई–लाइब्रेरीबारे जानकारी दिनुभयो ।
मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले अनुसन्धानको महत्व दर्साउँदै अनुसन्धानमा अगाडि बढेको देश विकसित देशको रूपमा अगाडि बढको बताउनुभयो । विश्वको जुनसुकै कुनामा बसेर कुनै पनि विषयमा अध्ययन अनुसन्धान गरे तापनि ई–रिसोर्सेस स्रोत सहजरूपमा उपलब्ध हुने भएकोले ठाउँले अर्थ नलाग्ने तर व्यक्तिको अध्ययन स्तरले अर्थ दिने भाव उहाँले व्यक्त गर्नुभयो ।
उक्त अभिमुखीकरण कार्यक्रमका स्रोतव्यक्ति त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत विजय शर्माले ई–लाइबे्ररीको प्रयोग गर्ने तरिका, विद्यार्थीहरूलाई थेसिस लेखनजस्ता कार्यमा यसबाट हुने सहजता तथा उपयोगिताबारे जानकारी दिँदै विद्यार्थीहरूलाई आ–आफ्नो ल्यापटप र मोबाइलमा अभ्यास गराउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरू लाभान्वित भएको आशा व्यक्त गर्नुभयो । कार्यक्रममा स्रोतव्यक्ति विजय शर्मालाई मायाको चिनो प्रदान गरिएको थियो ।
Leave a Reply