तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी
- कार्तिक ६, २०८२
भक्तपुर, २९ पुस । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा माधवनारायण व्रतधलं सोमबारदेखि सुरु भएको छ ।
धलं सफल पार्नको लागि माधवनारायण व्रतधलं सेवा समितिबाट यस वर्ष व्यवस्थापन समिति र विभिन्न उपसमितिहरू बनाइएको छ भने भक्तपुर नपाको पनि सहयोग रहेको छ । आज बिहान ७ बजे नपाबाट सरसफाइको कार्यक्रम राखिएको छ । सम्पूर्ण भक्तजन तथा नगरवासीमा सहभागिताको लागि अनुरोध गरिएको छ ।
माधवनारायण व्रत तथा जलशय गरी २१ जना व्रतालु सहभागी रहेका छन् । एकादशीदेखि व्रतालु थप्ने र व्रत गराउने परम्परा रहेको छ ।
व्रतको पूर्णसन्ध्यामा आइतबार ख्वप अस्पतालबाट विशेषज्ञ सेवासहितको टोलीबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
यो व्रत पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बस्नुको साथै परदेशको पनौती, चाँगुनारायण र पशुपतिमा पनि दर्शन गराउने गरिन्छ ।
Leave a Reply