भर्खरै :

दक्षिण अफ्रिका, मेक्सिको र क्रोएसियाका कम्युनिस्टहरूद्वारा डोनाल्ड ट्रम्पले क्युवामा गरेको आक्रमणको निन्दा

दक्षिण अफ्रिका, मेक्सिको र क्रोएसियाका कम्युनिस्टहरूद्वारा डोनाल्ड ट्रम्पले क्युवामा गरेको आक्रमणको निन्दा

प्रिटोरिया (टीएलसी) । दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसीपी), कम्युनिस्ट पार्टी अफ मेक्सिको (एमसीपी) र क्रोएसियाको समाजवादी वर्कर्स पार्टी (सीपीके) सबैले डोनाल्ड ट्रम्पले क्युवालाई कथित रूपमा आतङ्कवादलाई प्रायोजन गर्ने राज्यहरूको सूचीमा फिर्ता राख्ने अमेरिकी स्वेच्छाचारी, बनावटी रअपमानजनक कदमको निन्दा गरेका छन् ।
जो बाइडेन प्रशासनले क्युवालाई तथाकथित सूचीबाट हटाउन पूरा चार वर्ष पर्खेको थियो । सो सूचीमा क्युवा समावेश गरिनु हास्यास्पद र विशुद्ध राजनीति प्रेरित रहेको स्पष्ट कारण खुलाई क्युवालाई त्यो सूचीबाट हटाएको थियो ।
उक्त सूचीमा समावेश गरेकोले क्युवाली अर्थतन्त्रमा ठुलो नोक्सानी पुगेको छ । क्रूर एवम् गैरकानुनी अमेरिकी आर्थिक नाकाबन्दीले क्युवाली जनताको जीवन कष्टकर बनेको छ ।
“आफ्नो कार्यकालको उद्घाटनपछि ट्रम्पद्वारा हस्ताक्षर गरिएको तर्कहीन कार्यकारी आदेशले संयुक्त राज्य अमेरिकाको साम्राज्यवादी शासनको एकपक्षीय अहङ्कारलाई रेखाङ्कित गर्दछ । अन्तर्राष्ट्रिय मान्यता वा कुनै विश्वसनीय प्रमाणबिना बनाइएको सूची यो अतिक्रमणको उदाहरण हो । जब यो प्रमाणको कुरा आउँछ, ट्रम्पको कार्यकारी आदेश स्पष्टतः क्युवालाई निराधार रूपमा तथाकथित सूचीमा समावेशी गर्ने कदमको पर्दाफास हुन्छ ।
जो बाइडेनको प्रशासनले विभिन्न मोर्चाहरूमा क्युवाविरुद्ध साम्राज्यवादी आक्रामकतालाई बलियो बनाएको थियो । उही तर्कहीन अडानलाई निरन्तरता दिने ट्रम्पको चुनावी प्रतिबद्धताको विरोध गर्दै बाइडेनले आफ्नो कार्यकाल सकिन केही दिनअघि मात्र क्युवालाई सूचीबाट हटाएका थिए । क्युवा सरकार र जनता एक शताब्दीभन्दा लामो समयदेखि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको साम्राज्यवादी आक्रमणका विरुद्ध दृढ भई उभिएका छन् । दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी (एसएसीपी) क्युवाका जनता र सरकारप्रति हाम्रो अटल ऐक्यबद्धतालाई पुनः व्यक्त गर्दछौँ ः अमेरिकी नेतृत्वको साम्राज्यवादी आक्रमणविरुद्धको सङ्घर्ष जारी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *