नेपाल क्रान्तिकारी डकर्मी सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
- जेष्ठ २०, २०८३
भक्तपुर, १० माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्रको बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवाको शुभारम्भ भएको छ ।
कार्यक्रममा सांसद सुवालले नगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य सेवा केन्द्र जनताको साझा संस्था भएकोले यसको संरक्षण र संवद्र्धनमा जनताको सहभागिता आवश्यक भएको बताउनुभयो ।
निःस्वार्थपूर्वक जनताको सेवा गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टी स्थापना भएको उल्लेख गर्दै उहाँले सरकारले जनताको सहभागिता र अमानतमा काम गराउनु नै सामाजिकीकरणको नीति लिएको ठहर्ने बताउनुभयो ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा ब्याप्त भ्रष्टाचारका कारण आयोजनाको काममा ढिलाइ भइरहेको बताउँदै उहाँले भारतनिर्भर अर्थतन्त्रले नेपालको कहिल्यै हित नहुने स्पष्ट पार्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई स्वर्णीम युगमा प्रवेश गरेको घोषणा गरी अहङ्कार प्रदर्शन गरिरहेको औँल्याउँदै उहाँले विश्व स्वास्थ्य सङ्गठन र पेरिस सम्झौताबाट बाहिरिने घोषणाबाट ट्रम्पको विश्वव्यापीरूपमा आलोचना भइरहेको बताउनुभयो । उहाँले विश्वलाई नै एकसाथ माथि उठाउने नीतिमा अमेरिकाले आफ्नो आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।
नेपालले उत्पादन गरेको बिजुली आफैले खपत गर्ने रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले सस्तोमा नेपालको बिजुली भारतलाई बेचेर महँगोमा भारतीय उत्पादन किन्ने नीतिले देशको कहिल्यै भलो नहुने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पद र पैसाको लोभ नगरी कामदारवर्गलाई शासकवर्गको रूपमा उठाउने उद्देश्यका साथ नेमकिपाको स्थापना भएको बताउनुभयो ।
भक्तपुर नपाले लामो समयदेखि प्रतिक्षारत ख्वप विश्वविद्यालय स्थापनाको लागि संसद्बाट विधेयक पारित गराउन निरन्तर जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले हाल ६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिसकेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा भक्तपुर नमुनाको रूपमा विकास भइरहेको बताउँदै उहाँले सरकारले सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेे धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुर नपाले चुनावी घोषणापत्रअनुसार कामदारवर्गको हितमा काम गरिरहेको उल्लेख गर्दै भक्तपुर नपा जनताका आधारभूत समस्याहरू समाधानको निम्ति प्रयासरत रहेको बताउनुभयो ।
स्वास्थ्य केन्द्र व्यवस्थापन वडावासीहरूको साझा कर्तव्यअन्तर्गत पर्ने स्पष्ट पार्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित सीपमूलक तालिमबाट धेरै नगरबासीहरू लाभान्वित भएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बेखाल स्वास्थ्य सेवा केन्द्र हाललाई दिउँसो ३ बजेदेखि ६ बजेसम्म सञ्चालन गरी आगामी दिनहरूमा विशेषज्ञ सेवा थप गर्दै लाने बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डले ख्वप अस्पताललाई रु. २५ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउँदै उहाँले स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा अस्पताल सञ्चालन र व्यवस्थापनमा समेत समस्या भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय लक्ष्मीप्रसाद चवाल र वडा सदस्य जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनपश्चात् प्रमुख अतिथि सुवाल र नगर प्रमुख प्रजापतिलगायतले बेखाल स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।
Leave a Reply