जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
‘तराईको बसाइँ मराइ हो
नानी !’ माघको चिसोमा आँगनमा दाउरा बालेर आगो टाप्दै गरेका पाको उमेरका बाजेले भन्नुहुँदा मैले भेउ नै पाउन सकिनँ । म ट्वाल्ल परेको देखेर उहाँले विस्तारै भन्नुभयो, “यहाँ घाम नलागेको तीन दिन भयो । शीतलहरको कहरमा कठ्याङ्ग्रिएर बसेका छौँ । अझै कति दिन शीतलहर चल्छ, थाहा छैन । उमेर चढ्या मजस्ता बुढाहरू र दमखोकी लाग्या मान्छेहरूका लागि तराईको अहिलेको बसाइँ कालको मुखमा बस्नु सरह हुन्छ ।”
मैले उहाँको कुरा बुझेजस्तो गरी टाउको हल्लाएँ । उहाँ भन्दै हुनुहुन्थ्यो, “गर्मी पनि त माप्पाकै हुन्छ नि । उखरमाउलो गर्मीको समयमा लू लाग्छ । अति तातो हावा बहन्छ । शीतल खोज्न कहाँ जाऊँ जस्तो हुन्छ । फेरि हावा हुरी चल्ने बेला छाप्रोको छाना उडाउँछ त । बर्खामा बाढीले घरै डुबाउँछ । अनि नर्क भएन त नानी तराईको बसाइँ ?”
अब भने मैले बाजेको कुरा प्रस्टै बुझेँ । थुरुथुरु काँप्दै छेउमा बसिरहेकी बज्यैको मुख निलो कालो देखेँ । उहाँ घरि दुवै हात त घरि खुट्टा आगो नजिक लग्नुहुन्थ्यो । ओठ काँपिरहेको थियो, तैपनि सुस्तरी बोल्नुभयो, “राजधानीमा बसेका नानीलाई तराईको दुःख थाहा नहोला । यहाँ प्रकृतिले त अत्याएको छ नै, हामी त सुकुमवासी छौँ नि ।”
बज्यैको कुरा फेरि बुझिनँ । हामी उपत्यका, त्यसमा पनि राजधानी काठमाडौँका रैथानेले तराईको समस्या नबुझेकै ठहरियो । “के भन्नुभएको बज्यै ?”
“कठै, सत्र क्लास पास गरेको रे, म अनपढ बुढी मान्छेको कुरा नबुभ्mयाका हौ त के ?”
“तिमी के डोरी बटा¥या जस्तो कुरा घुमाउँछौ ?” बाजेले थोरै झर्केर बुढीलाई भनिन् । “जाऊ, नानीलाई तातो चिया बनाएर ल्याऊ, मसला हालेर ।”
बज्यै लौरो टेक्दै भान्छातिर जानुभयो । “बज्यैले के भन्नुभएको बाजे ? मैले त फिटिक्कै बुभ्mन सकिनँ ।”
“ए… उनको कुरा र हामी बसिरहेको छाप्रो र जग्गा ऐलानी जग्गा हो । यसको पुर्जा छैन । कुनै पनि बेला सरकारले हामीलाई उठिबास गर्न सक्छ ।”
“किन नि बाजे ? तपाईँहरू कहिले तराई झर्नुभयो त ?”
मेरो कुरा भुइँमा झर्न नपाउँदै लामो सुस्केरा हालेर बाजेले आफ्नो कथा सुनाउनुभयो, “नुन चामल किन्न भारत जाँदा आउँदा बास बस्ने ठाउँ हो यो । त्यतिबेला त हात्ती र बाघ आउने जङ्गल थियो नि नानी । अलि अलि जङ्गल फाँड्दै आवादी गरेको । यहाँ आएको पनि तीन बीस कट्यो कि क्या हो ? दुई छोरा र पाँच छोरी यहीँ हुर्काइयो । अहिले बिहे गरेर अलग्ग बसेका छन् । कोही इन्डिया छन् त कोही नेपालगञ्ज ।”
बज्यैले पुरानो स्टिलको गिलासमा तातो चिया ल्याउनुभयो । मैले दुई हातले नमस्कार गर्दै चिया लिएँ ।
“मुख पोल्ला नानी । बिस्तारै पिउने । मरिच भएको मन पर्छ कि नाइँ, कुन्नि ?”
“मिठो छ बज्यै ।”
बाजेले हातमा चिया लिँदै आप्mनो कथा जोड्नुभयो, “त्यतिबेला मालमा दर्ता गर्नुपर्ने थाहा नाइँ । पाखुरो बलियो भएसम्म खेतमा जोतिने बाहेक अरु क्यै वास्ता गरिएन । अहिले ट्याम ट्याममा अड्डाका मान्छेहरू आउँछन्, पुर्जा खोइ भन्छन् । टेन्सनै भयो हाम्लाई ।”
“हाम्रो नाममा एक टुक्रा पनि जग्गा छैन त ?”
“त्यही त समस्या । माल अड्डा आउनुभन्दा अघि नै हामी बास बस्न आएका । तर पनि हामी सुकुमवासी !”
“अनि यहाँ नापी आएको छैन त बाजे ?” सायद बाजेले बुभ्mनुभएन मेरो कुरा । “क्या हो नापी भनेको ?”
“अड्डाका मान्छेहरू यहाँ आएर तपाईँले भोग गरेको जग्गा नाप्न आएनन् र ? अनि तपाईँले ६० वर्ष अघिदेखि गर्दै आएको पुर्जा दिएनन् र ?”
बायाँ हातले टाउको रहेको पुरानो ढाका टोपी झिकेर दायाँ हातले टाउको कन्याउँदै बाजेले मधुरो स्वरमा बोल्नुभयो, “खै आएका छैनन् कि ? हामीसँग त केही प्रमाण छैन ।”
“छिमेकीहरूसँग पनि पुर्जा छैन त बाजे ?”
“कसैले छ भन्या नाइँ । भएको भएभन्दा हुन् त, होइन ?”
“अनि यहाँको गाउँपालिकाले के भन्छ त ?”
“क्यै न क्यै !”
उहाँहरूको समस्याबारे केही सल्लाह लिन मैले काठमाडौँ मालपोतका चिनेका एक जना कर्मचारीसँग कुरा गरेँ । उहाँले प्रस्ट उपाय त भन्नुभएन । अरु वकिलहरूसँग पनि कुरा गरेँ, तर उहाँहरूसँग पनि कानुनी उपचार भएको जस्तो लागेन ।
त्यसपछि आप्mनै मनले सोचेर भनेँ, “गाउँलेहरू मिलेर वडा कार्यालयमा निवेदन दिँदा होला कि बाजे ? वडाबाट सरजमिन गरी सिफारिस ल्याउँदा प्रमाण होला कि ?”
“वडाले दिन्छ त नानी ?” निधार खुम्च्याउँदै उहाँले भन्नुभयो ।
“प्रयास गर्दैमा के जान्छ र बाजे ?” ढाडस दिने प्रयास गर्दै भनेँ, “वडाध्यक्ष पनि त तपाईँहरूले भोट हालेर जिताएका हुन् नि ।”
बाजेको अनुहारमा थोरै मुस्कान देखेँ, सायद उहाँको मनमा आशाको सानो झिल्को बल्यो कि ।
“निवेदन कसरी लेख्ने त ? सहयोग गर्देऊ न नानी ।”
“हवस् ।” केही समय बाजेको अनुहार पढ्ने प्रयत्न गरेँ । अनि सादा पानामा निवेदनको खेस्रा गर्न थालेँ ।
Leave a Reply