विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
समाजवादी चिन्तन, समाजवादी विचार र समाजवादी बन्दोबस्तले मात्र श्रमजीवीवर्गको हित गर्छ भन्ने मूल्य र मान्यताका साथ जनतालाई राजनैतिक, सैद्धान्तिक, वैचारिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित पारेर शोषणरहित समाज स्थापना गर्ने उद्देश्यका साथ प्रकाशित ‘श्रमिक’ साप्ताहिक ३२ औँ, ‘मजदुर’ दैनिक २७ औँ र अनलाइन मजदुर नवौँ वर्षमा प्रवेश गरिसकेको छ ।
देश विकास र जनताको सेवाको निम्ति सङ्घर्षरत नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा देश र जनताको पक्षमा सङ्घर्षको क्रममा वीरगति प्राप्त गरेका सहिद, घाइते तथा योद्धाहरूको स्मरण गर्नु समीचीन ठान्छु ।
कम्युनिस्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावना जनताको घर–आँगनमा पु¥याएर बहुमत जनताको पक्षमा आवाज उठाउने देश र जनताप्रति समर्पित विचारप्रधान ‘श्रमिक’ र ‘मजदुर’ आस्थाको पत्रिका हो । यो कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा विचार, कम्युनिस्ट पार्टी र आन्दोलनमा पु¥याइरहेको भ्रम र झूटको खेतीबारे उदाङ्ग्याउने पत्रिका हो । यो आर्थिक सहयोग र विकासको प्रलोभन देखाएर सरकार र सत्तारुढ दललाई साम्राज्यवाद र विस्तारवादको चङ्गुलमा फसाउने षड्यन्त्र र चलखेलको खबरदारी र विरोध गर्ने पत्रिका हो । यो देशको स्वाधीनता, सार्वभौमिकता र देशभक्तिपूर्ण आन्दोलनको भावना जगाउने, जनतालाई सुसूचित पार्ने श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने पत्रिका हो । यो अन्तर्राष्ट्रिय मजदुर, किसान, आदिवासी, उत्पीडित जनताको आन्दोलन र सङ्घर्षको लेख र समाचार प्रकाशन गर्ने अन्तर्राष्ट्रवादी पत्रिका हो ।
पत्रिका जनतामाझ पुग्नु सिद्धान्त र विचार पुग्नु हो । पत्रिकामा प्रकाशित सैद्धान्तिक र वैचारिक ज्ञानको आधारमा कार्यकर्ता परिचालन हुन्छ, सङ्गठन गरिन्छ, जनताको सैद्धान्तिक र वैचारिक स्तर उठाइन्छ, पुस्तक प्रदर्शनी, अन्तरक्रिया, गोष्ठी र भेला हुन्छ । पत्रिकाले अप्रत्यक्षरूपमा सङ्गठनकर्ताको काम गरिरहेको हुन्छ । यही कारण नेमकिपाले पत्रिका र किताब प्रकाशनमा जोड दिइरहेको सबैसामु छर्लङ्गै छ । पत्रिका र किताब प्रकाशनमा निरन्तरता दिने, जोड दिने, घच्घच्याउने दूरदर्शी राजनीतिज्ञ, राजनीतिक विश्लेषक, समालोचक, माक्र्सवादी साहित्यकार, जनप्रिय एवम् अन्तर्राष्ट्रवादी कम्युनिस्ट नेता नारायणमान बिजुक्छेँ (रोहित) को यस पार्टी स्थापना दिवसमा ‘श्रमिक’ र ‘मजदुर’ नयाँ वर्षमा प्रवेश गरेको अवसरमा स्मरण गर्नु समीचीन हुनेछ ।
नेमकिपाका अध्यक्ष रोहितको प्रवास, जेल, अर्ध–भूमिगत जीवनमा पनि पत्रिका र किताब प्रकाशन भइरहेको हामीमा अवगतै छ । विश्वका कम्युनिस्ट, प्रगतिशील र वामपन्थी आन्दोलनको अध्ययन गर्ने, राजनीतिक विश्लेषण र समीक्षा गरी मार्ग निर्देश गर्ने, पुँजीवाद, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादको हैकम, दमन, दबाब, हस्तक्षेप र अतिक्रमणको विरोध गर्ने अध्यक्ष रोहितकै सक्रियता र अगुवाइमा ‘लालझन्डा’, ‘आह्वान’, ‘मजदुर–किसान’, ‘नेपाल–तराई’, ‘समाचार संसद््’, ‘आधार’, ‘ध्रुवतारा’, ‘साकार’, ‘प्रतिध्वनि’ आदि पत्रिका प्रकाशन भएको हो । यसकै सिलसिलामा ‘श्रमिक’ साप्ताहिक नेमकिपाको २० औँ स्थापना दिवस र ‘मजदुर’ दैनिक २५ औँ स्थापना दिवसको अवसरमा प्रकाशित भएको थियो । २०३१ माघ १० गते स्थापना भएको नेमकिपा अहिले ५१ औँ वर्षमा प्रवेश भएको छ ।
देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक मजदुर, किसान, बुद्धिजीवी, न्यायप्रेमी र देशभक्तहरूको सेवा गर्न, बहुमत जनताको सेवा हुने हरेक काम र गतिविधिहरूलाई स्थान दिन, हरेक स्वतन्त्र र प्रगतिशील पक्षहरूको कमी कमजोरी औँल्याएर सहयोग पु¥याउने उद्देश्यले १२ माघ २०५० (२५ जनवरी १९९४) मा प्रकाशित भएको हो । मजदुरवर्गको हक हितलाई प्राथमिकता दिँदै शोषितपीडित जनताको समस्या र सूचनालाई समयमै जनसमक्ष पु¥याउने उद्देश्यले ‘मजदुर’ दैनिक १० माघ २०५५ (२४ जनवरी, १९९९) मा प्रकाशित भएको हो ।
‘श्रमिक’ र ‘मजदुर’ पत्रिका आस्थाको पत्रिका हो, कम्युनिस्टको सिद्धान्त र विचार बोकेको अन्तर्राष्ट्रवादी पत्रिका हो । श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर, किसान र उत्पीडितवर्गको पक्षमा आवाज उठाउने र ऐक्यबद्धता जनाउने पत्रिका हो । वैदेशिक हस्तक्षेप, जातीय राजनीति र देश विभाजन गर्ने राजनीतिको विरोध गर्ने पत्रिका हो । नागरिक भावना जगाउने, सांस्कृतिक र वैचारिक स्तर उठाउने, अन्धविश्वास, विकृति र विसङ्गतिको विरोध गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, पक्षपात र अनियमितताको विरोध गर्ने पत्रिका हो ।
‘मजदुर’ र ‘श्रमिक’ पत्रिकाको वार्षिकोत्सवको अवसरमा २०२५ वैशाख १ गते प्रकाशित हस्तलिखत ‘लाल झण्डा’, २०३० चैतदेखि २०३८ साउनसम्म प्रकाशन भएको ‘आह्वान’, २०३५ मा प्रकाशित ‘मजदुर–किसान’, ‘नेपाल–तराई’, ‘समाचार संसद््’, ‘आधार’ र ‘ध्रुवतारा’ को स्मरण गर्नु समीचीन हुनेछ । ‘नेपाल–तराई’, ‘समाचार संसद््’, ‘आधार’ र ‘ध्रुवतारा’ भारतबाट हिन्दीमा प्रकाशित पत्रिकाहरू हुन् । त्यसपछि २०३९ कार्तिक १६ गते काभ्रेबाट ‘साकार’ साप्ताहिक प्रकाशित भयो र ३३ (०४० साउन) अङ्कसम्म पुग्यो । २०३९ मै भक्तपुरबाट पानस प्रकाशित भयो । २०४० मङ्सिर ११ गते आधारको पहिलो अङ्क नेपालीमा प्रकाशित भयो । यो २०४१ भदौ १० सम्म अर्थात् ३१ अङ्कसम्म प्रकाशित भयो । यसबेला मजदुर र श्रमिकलाई हृदयदेखि साथ र सहयोग गर्ने लेखक, समालोचक, पुराना र नयाँ संवाददाता, बुद्धजीवी, पाठक, ग्राहक, विज्ञापनदाता, उद्योग व्यवसायी, व्यापारी, वितरक, फोटोग्राफर, कलाकार तथा शुभचिन्तकहरूको योगदानको स्मरण गर्नु जाती नै हुनेछ । काठमाडौँबाट प्रकाशित ‘सहिद’ साप्ताहिक २०६० चैत २० गतेदेखि प्रकाशित भएको थियो । सहिद दिवसको अवसरमा प्रकाशित उक्त पत्रिकाले पनि निरन्तरता पाइरहेको छ ।
अश्लील सामग्रीहरूको प्रकाशन र प्रसारणले स्वस्थ र आदर्शोन्मुख समाज बन्दैन भन्ने पत्रिकाको अडान र मान्यता हो । नाङ्गो तस्वीर र अश्लील समाचार छापेर युवा वा नयाँ पुस्ताको मन बिगार्ने र मन्दविष छर्ने काम ‘श्रमिक’ र ‘मजदुर’ ले गरेका छैनन् । मद्यपान र धूमपानको विज्ञापन सुरुदेखि अहिलेसम्म निषेध गरिएको छ ।
जनतासँग सम्पर्क गर्ने, जनताको कुरा जनतामाझ पु¥याउने, जनताको पिर मर्का पोख्ने, गलत काम र गलत नीतिको खबरदारी गर्ने यी पत्रिकाको कमी कमजोरी औँल्याएर सुधानुपर्ने सुझाव हामीले बेलाबखत पाइरहेका छौँ । भाषा सम्पादनमा ख्याल गर्नुपर्ने र समयमै पत्रिका पु¥याउने सुझावहरू पनि आइरहेको छ । यसरी पत्रिकालाई अझ व्यवस्थित गर्न घच्घच्याउने, सल्लाह सुझाव दिने सबैमा धन्यवाद दिँदै फेरि एकचोटि सम्बन्धित सबैको सहयोगको सम्मान र कदर गर्दै अतिथिगण तथा अन्य सबैमा हार्दिक स्वागत गर्छु ।
(‘श्रमिक’ साप्ताहिकको ३२ औँ, ‘मजदुर’ दैनिकको २७ औँ र ‘अनलाइन मजदुर’ को नवौँ वार्षिकी कार्यक्रममा बुधबार व्यक्त स्वागत मन्तव्य–सं.)
Leave a Reply