अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १५ माघ । नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सुवालसँग घरेलु तथा साना उद्योग सङ्घ भक्तपुरका प्रतिनिधिहरूले भेट गरे ।
सो¥हौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, पदाधिकारी एवं सदस्यहरूको टोलीले सांसद सुवाललाई आफ्नो समस्या सरकारसम्म पु¥याउन आग्रह ग¥यो
टोलीले घरेलु तथा साना उद्योग जिल्ला कार्यालयको नाम उद्योग वाणिज्य जिल्ला कार्यालय राखिएकोमा आपत्ति जनाउँदै पुरानै नाम कायम गर्नुपर्ने, भक्तपुरको १५ ओटा स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने, घरेलु तथा साना उद्योगको लगत सङ्कलन गर्नुपर्ने, स्थानीय बीउ (ताइचीन धान) लगायतको संरक्षण गर्नुपर्ने, स्वदेशी वस्तु उपयोगलाई लागु गर्नुपर्ने, घरेलु तथा साना उद्योगलाई कच्चापदार्थको व्यवस्था हुनुपर्ने, महिला उद्यमीलाई उत्साहित गर्नुपर्ने, स्थानीय तहमा नापतौल तथा गुणस्तर कार्यालय व्यवस्था हुनुपर्ने, साना उद्योगीलाई सहुलियतको ऋण उपलब्ध हुनुपर्नेलगायत विषय सांसद सुवालसमक्ष राख्यो ।
सांसद सुवालले साना तथा घरेलु उद्योगको विकाससँगै ठुला उद्योगको सम्भावना हुने उल्लेख गर्दै देशको उद्योग व्यापारमा गरिएको कुल कर्जाको ५० प्रतिशत साना तथा घरेलु उद्योगमा हुनुपर्ने आवाज राख्दै आएको बताउनुभयो ।
घरेलु तथा साना उद्योगमा लाग्नु पनि देश र जनताको सेवा भएको उल्लेख गर्दै सांसद सुवालले कालोबजार नियन्त्रणसम्बन्धी २०३२ सालको ऐनलाई अध्यादेश जारी गरी हालै गरिएको संशोधनमा २० प्रतिशतभन्दा मुनाफा लिन नहुने प्रावधान हटाएको देश र जनताको हितविपरीत भएको र यो अध्यादेशसँगै प्रतिबोरा रु. ४०० को सिमेन्ट रु. ८०० पु¥याइएको निन्दनीय भएको बताउनुभयो ।
सांसद सुवालले सामान्य अवस्थामा अध्यादेश जारी गर्नु प्रजातन्त्रविपरीत हुने उल्लेख गर्दै घरेलु तथा साना उद्योगमा लागेकाहरूबिच बीआरआई र ब्रिक्सको सकारात्मक पक्ष र एमसीसीको नकारात्मक पक्षबारे छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित ट्रम्पले एउटा स्वतन्त्र र स्वाधीन देश क्युवालाई राज्य प्रायोजित आतङ्कवादी देशको आरोप लगाएको, पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने मानव जातिको साझा हितविपरीत भएको उल्लेख गर्दै सांसद सुवालले क्यानाडा, ग्रीकलैन्ड र पानामा कब्जा गर्ने ट्रम्पको भनाइले युद्ध निम्त्याउने हुँदा सम्पूर्ण न्यायप्रेमी जनताले त्यसको खण्डन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
टोलीमा सङ्घका निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा, पूर्वअध्यक्ष वीरेन्द्र जतिलगायतको सहभागिता थियो ।
सांसद सुवालले संसद् र समितिको बैठकमा घरेलु तथा साना उद्योगहरूको समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘आत्मनिर्भरता र आर्थिक विकास’ र ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक टोलीलाई उपहार प्रदान गरिएको थियो ।
Leave a Reply