भर्खरै :

निराशाभित्र पनि आशा लुकिरहेछ !

निराशाभित्र पनि आशा लुकिरहेछ !

अँध्यारो रातको एकान्तमा बसी
वर्तमान परिवेशलाई सम्झी
आकाशमाथि नियालिरहे
अकस्मात्
तारा ताराबिच विलय भएको
दृश्य देखँे !
दुई तारा एक भएनि
प्रकाशमा परिवर्तन आएन
वर्तमान गठबन्धन सरकारझैँ
परिवर्तनको कुनै आभास पाएनौँ
यो त मात्र विलय रहेछ  ।
हो, औचित्यहीन गठबन्धनहरू
सदाको निम्ति विलय भएर
फरक नै के पर्ला !?
उकुसमुकुस मन बुझाउन
धैर्य भई एकान्तमा डुबिरहँदा
आशा र भरोसाको आभास पाएँ ।
विशाल आकारमाथी
अनगिन्ती ताराहरूमाझ
बिनाविलय बिनामिलन ।

एकनासले चम्किरहेको
तेजिलो ध्रुवताराले
दिशाबोध गरिरहेको देख्दा
वर्तमान परिवेशको
विकल्प पनि हुँदोरहेछ
निराशाभित्र पनि आशा
लुकिरहेको पाएँ
कालो बादलभित्र चाँदीको
घेराझँै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *