नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
सात प्रदेश ७७ जिल्लाका
सबका सबले कहिले
हुन खान पाउने होला
भन्या जस्तो गरी ।
तराई मधेस पहाड हिमालका
ती विचरा विचरीहरूले
कस्तो खान पाको नपाको
बुझ्ने फेरि कसले ।
हरे जुनै सरकार आऊन्
हेर्नोस गरेनन् कसैले
तर मुखैले गरे भनी
भन्न कहिले थाक्दैनन् ।
यस्तो देख्दा कहिले त लाग्छ
होइन गाँस बास
अनि त्यो कपासैको चाहना
खोइ कहिले पुग्ला
के यसको दायित्वै सरकारको
होइन कि कसो
नयाँ के लोकतन्त्रै भन्नु
अनि त्यो गणतन्त्रै
यदि यस्तै हो भने
कसरी किन नभन्नु
हामी हौँ नेपालका निमुखा
बाँच्नैका लागि बाँचेका ।
Leave a Reply