नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
आमालाई सुन्दर फूल भन्छन् र त्यो फूललाई सम्हाल्ने बुबा हुन्
नौ महिना कोखमा राखी जन्म दिने आमा हुन् र जीवनभर शिरमा सजाउने बुबा हुन्
आमाको काखमा ममताको न्यानोपन छ र बुबाको काँधमा संसारको भरोसा छ
आमाले आँसु पुछेर हाँस्न सिकाइन् र बुबाले लडेर पनि उठ्न सिकाए
आफ्नो काँधमा संसारको भार बोकेर पनि भविष्य सजाउने बुबा हुन्
आफ्ना रहरहरू मनमै लुकाएर पनि हरेक सपना पूरा गर्ने बुबा हुन्
घामले पोल्दा छाया बनेर हुरी चल्दा आड बनेर उभिन्छन्
लड्दा हात समाएर उठाउँछन् डराउँदा साहस बनेर अघि बढाउँछन्
थाकेका ती आँखामा पनि आफ्नो सन्तानको भविष्यको सपना देखिन्छ
पसिनाले भिजेका ती हातमा आफ्नो सन्ततिको सफलताको कथा लेखिन्छ
बुबाको मौनताभित्र मायाका हजारौँ शब्द लुकेका छन्
कठोर देखिने त्यो अनुहारभित्र केवल कोमल भाव छन्
तपाईँको हात मेरो शिरमा हुँदा जिन्दगीसँग डर लाग्दैन
तपाईँको साथ मेरो छेउमा हुँदा कुनै बाटो कठिन लाग्दैन
मेरो हरेक खुसीको पछाडि तपाईँको त्याग र पसिना छ
मेरो हरेक सफलताको पछाडि तपाईँको मौन आशीर्वाद छ
तपाईँ हुनुहुन्छ र त जीवनमा भरोसा भन्ने शब्दको अर्थ छ
तपाईँ हुनुहुन्छ र त लडे पनि फेरि उठ्ने साहस छ
बुबा, तपाईँ मेरो जीवनको सबैभन्दा बलियो आधार हुनुहुन्छ
बुबा, तपाईँ मेरो जीवनको सबैभन्दा बलियो आधार हुनुहुन्छ ।
Leave a Reply