वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
भक्तपुर, २३ माघ । भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरभित्र सञ्चालनमा रहेका कक्षा ६–१० सम्म अध्ययन अध्यापन हुने विद्यालयहरूमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानअन्तर्गत भनपा वडा नं. २ अन्तर्गतका विद्यालयहरूमा खोप सञ्चालन केन्द्रहरूमा बुधबार अनुगमन गर्नुभयो ।
अनुगमनको क्रममा भनपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासीवाले यस एचपीभी खोप अभियानमा भनपाभित्र कक्षा ६–१० मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका ६८०० जना किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप माघ २२ गतेदेखि फागुन २ गतेसम्म सम्पूर्ण वडाअन्तर्गतका विद्यालयहरूमा लगाइने जानकारी दिनुभयो ।
शारदा माविका प्रधानाध्यापक रोशनराज तुईतुईले भक्तपुर नगरपालिकाले विद्यालयमा नै खोप केन्द्र राखेर खोप सञ्चालन कार्यमा सहज वातावरण बनाइदिनुभएकोमा खुसी व्यक्त गर्नुभयो ।
बासु माविका एक शिक्षकले पहिला खोप दिलाउन अन्य केन्द्रमा विद्यार्थीहरू लग्नुपर्ने समस्या रहेको र विद्यार्थीहरू खोपदेखि डराउने समस्या हुन्थ्यो तर अहिले विद्यार्थीहरूमा खोप लिनुपर्छ भन्ने धारणा विकास हुनु धेरै सकारात्मक भएको बताउनुभयो ।
अनुगमन टोलीमा डब्लुएचओका प्रतिनिधि, कार्यपालिका सदस्यहरू रोशनमैँया सुवाल र कृष्णप्यारी भुजु तथा वडा सदस्यहरू मञ्जुमैँया लाखाजु र न्हुछेराम कोजुसमेतको उपस्थिति थियो ।
Leave a Reply