दुर्गम क्षेत्रमा उडान बन्द किन ?
- चैत्र ६, २०८१
स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले विश्व सम्पदा क्षेत्रमा सूचिकृत भक्तपुर नगरपालिका वडा नं. ३ दरबार क्षेत्रस्थित यक्षेश्वर मन्दिर (पशुपति मन्दिर) जीर्णोद्धार कार्यको ठेक्का पाएका ठेकेदार आर.जी.एस./विष्णु जे.भी.लाई पत्राचार गरी जीर्णोद्धार कार्यमा गुणस्तरहीन काठहरू प्रयोग नगर्न र गुणस्तरीय काठहरू प्रयोग गरी मात्र जीर्णोद्धार कार्य अगाडि बढाउन निर्देशन दिएको बुझिएको छ ।
‘यक्षेश्वर मन्दिर पुनःनिर्माणमा चरम लापरबाही !?’ शीर्षकमा २०८१ माघ २० गते ‘मजदुर’ दैनिक र ‘ङातापोल्हँ’ दैनिकमा समाचार प्रकाशित भएपछि स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले ठेकेदारलाई पत्राचार गरिएको देखिन्छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा कार्यालयमार्फत ठेकेदारद्वारा जीर्णोद्धार भइरहेको यक्षेश्वर मन्दिर (पशुपति मन्दिर) को स्थलगत निरीक्षणको क्रममा छाना छाउन प्रयोग भएका काठहरू चिरा परेका, चुकुल लगाएर जोडिएका, पुरानो मक्किएको र पेच किल्लाले समेत जोडेर लम्बाइ बढाइ प्रयोग भइरहेको पाइएपछि नगरपालिकाले तत्काल कार्य रोकी गुणस्तरीय काठको प्रयोग गरी मात्र पुनःनिर्माण कार्य अघि बढाउन स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग समेतलाई फोटोसहित पत्र काटेको थियो ।
भक्तपुर दरबार क्षेत्रकै पुरानोमध्येको १५ औँ शताब्दीमा बनेको उक्त मन्दिर र मन्दिरका टुँडालहरूमा कुँदिएका विभिन्न मूर्ति तथा काष्ठकलाको लागि प्रख्यात उक्त मन्दिरको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई समेत मध्यनजर गरी गुणस्तरीय, सबल र दिगो निर्माण सामग्रीहरू मात्र प्रयोग गरी जीर्णोद्धार कार्य सम्पन्न गर्न सम्बन्धित स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डालाई भक्तपुर नगरपालिकाको तर्फबाट ध्यानाकर्षण गराइएको बुझिन आएको छ ।
सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य ठेक्कामा गराउँदा सम्पदाको सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व गुम्न जाने खतरा रहेको हुँदा स्थानीय जनताबाटै त्यस्ता सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नुपर्ने भक्तपुरका जनताले जोड दिँदै आएका छन् । त्यसको लागि आवश्यक परे कानुनमा संशोधन गर्न पनि सरकार तयार हुनुपर्ने जनताको मत छ ।
Leave a Reply