जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
भक्तपुर, २६ माघ । समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना तथा परिघटनामा शिक्षकको विश्लेषण के होला ? संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले शुक्रबार शिक्षक भेलाको आयोजना गरेर यही प्रश्नको उत्तर केलाउने प्रयास ग¥यो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष एवम् इसानका संस्थापक अध्यक्ष सरोजराज गोसाईले शिक्षक इमानदार भएसम्म आशा गर्ने ठाउँ रहन्छ, शिक्षकले नै नयाँ पुस्तालाई बाटो देखाउने काम गर्छ भन्नुभयो । आज उपलब्ध सूचनाको बाढीले विद्यार्थीलाई अन्योलमा पारेको भन्दै उहाँले सूचनाको सही विश्लेषण गर्ने विद्यार्थी तयार पर्ने जिम्मेवारी शिक्षककै भएको भनाइ राख्नुभयो ।
अतिथि गोसाईले भारतीय एकाधिकार पुँजी तथा भारतीय विस्तारवादले नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गरिरहेको भन्दै नेपालले आफ्नो स्वतन्त्र निर्णयहरू गर्न खोज्दा भारतले नेपालमाथि नाकाबन्दीहरू लादेको तर्क गर्नुभयो ।
नेपालको शैक्षिक नीतिहरूमा उपनिवेशवादको छाया परेको उल्लेख गर्दै अतिथि गोसाईले नेपालका विद्यालयमा नेपाली भाषामात्र प्रयोग गर्ने नीतिको पछाडि अमेरिकी प्रभाव थियो भन्नुभयो ।
वाग्मती प्रदेशसभा सदस्य एवम् बाल विकास स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले पश्चिमा साम्राज्यवादी देशहरू युक्रेनको कृषियोग्य भूमि कब्जा गर्न उद्यत रहेको धारणा राख्नुभयो । उहाँले योग्य, सक्षम, विभिन्न सीपयुक्त नागरिक तयारी गर्ने जिम्मेवारी शिक्षकमा रहेको भन्दै अन्यथा देश परनिर्भर हुँदै जाने भनाइ राख्नुभयो । उहाँले शासक नेताहरूमा परिवर्तनको इच्छाशक्ति नहँुदा र कार्यकर्ता पाल्ने नीतिले देशलाई बर्बादीतिर लगिएको विचार राख्नुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले परिवर्तनको लागि भक्तपुर नगरपालिकाले कलेज खोलेको र न्यूनतम शुल्कमा डाक्टर पढाउन विश्वविद्यालय ऐन माग गरिएकोमा शासक पार्टीले इच्छा नदेखाएको बताउँदै विभिन्न समयमा मन्त्री तथा शिक्षामन्त्रीले कलेजको भ्रमण गरी पूर्वाधार राम्रो भएको भन्नुभएको बताउनुभयो ।
कार्यक्रममा इसानका महासचिव पुरुषोत्तम ग्वाछाले स्वागत मन्तव्य राख्नुभएको थियो । इसानको केन्द्रीय अध्यक्ष प्रेमजन थापाको अध्यक्षमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य कर्णबहादुर प्रजापतिले पनि आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply