अन्तर नगर जिम्न्यास्टिक प्रतियोगिता प्रचारार्थ उपप्रमुख जोशीद्वारा विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग भेट
- चैत्र ३, २०८१
भक्तपुर, माघ २६ । युवा विद्यार्थीहरूमा राष्ट्रभाव जगाउने उद्देश्यले नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ, १ वडा एकाइ समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, १ वडा एकाइ समितिको संयुक्त आयोजनामा वडाका युवा विद्यार्थीबिच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले हरेक खेलाडीले खेलमा अब्बल बन्नुका साथै अरु विभिन्न क्षेत्रको पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको लागि ल्याएको नीति नियमले गर्दा अमेरिकामा बसोबास गर्दै आएका विभिन्न देशका जनताले भोगिरहेको दुःख र इजरायलले प्यालेस्टिनको गाजा पट्टीमा गरेको १५ महिना लामो बर्बर हमलापछि देशलाई माया गर्दै फर्किरहेका प्यालेस्टिनी जनताको उदाहरण दिँदै सम्पूर्ण खेलाडीहरूले स्वदेशलाई माया गरेर, स्वदेशमा नै मिहेनत गरेर बस्नुपर्ने र कोही पनि विदेसिन नहुनेबारे स्पष्ट पार्नुभयो ।
उहाँले यही फागुन १६ गतेदेखि १९ गतेसम्म हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनमा सहभागी हुन सम्पूर्णमा आह्वान गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलाडी अनुशासनले भरिपूर्ण हुनुपर्ने र अनुशासन नै खेलाडीको मूल गहना हुने बताउनुभयो ।
उहाँले खेलाडीहरू समाजमा हुने जुनसुकै काममा सहभागी भई कुनै पनि परिस्थिति र सङ्घर्षको निम्ति तयार भएर बस्नुपर्ने कुरा अवगत गराउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, १ वडा समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले पार्टीले स्थापनाकालदेखि नै विभिन्न समयमा विभिन्न सङ्घर्ष र आन्दोलन गर्दै आएको जानकारी गराउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ, भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले खेलाडीहरूमा शारीरिक क्षमतासँगै रणनीतिक क्षमता पनि हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले देशका हरेक युवा विद्यार्थीहरूलाई सैनिक तालिम दिनुपर्ने कुरा राख्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ, १ वडा एकाइ समितिका अध्यक्ष लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १ वडाका प्रज्वल खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply