भर्खरै :

संरा अमेरिका विश्वजगतबाट एक्लिँदै

संरा अमेरिका विश्वजगतबाट एक्लिँदै

डोनाल्ड ट्रम्प संरा अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रोपटक अर्थात् ४७ औँ राष्ट्रपति निर्वाचित भइसकेपछि उनले अधिकांश व्यापार साझेदार देशहरूविरुद्ध व्यापार युद्धको छेड्यो । खुला व्यापारको वकालत गर्न कहिल्यै नथाक्ने संरा अमेरिका आज व्यापार संरक्षणवादको नाइके बन्दै छ । विश्वमा उदीयमान अर्थतन्त्र या भनौँ अमेरिकाको प्रतिस्पर्धामा देखिएका हर एक देशहरूविरुद्ध संरा अमेरिकाले व्यापार युद्ध या कचिङ्गल गरेको इतिहास छ । सन् २०१७ मा चीनविरुद्धको व्यापार युद्धमा भने संरा अमेरिकालाई साँच्चिकै जिउँदो मानिसको फेला पर्यो । परिणामतः संरा अमेरिकी अर्थतन्त्र आज पनि उँधोतिर झर्दै छ । चीन संरा अमेरिकाले थोपेको जटिल र क्रृत्रिम परिस्थितिबीच पनि प्रगति गर्दै छ, बलियो बन्दै छ । पहिलो कार्यकालमा झैँ ट्रम्पले विश्व व्यवस्थामा उपद्रोह गर्ने सङ्केट प्रारम्भमै अनुमान भइसकेको छ । यसबारे चाइना टुडेको जनवरी अङ्क (२०२५) ले विश्लेषण प्रस्तुत गर्यो । बुलेटिनको एउटा लेख ‘मौसमी ट्रम्प २.०’ मा अमेरिकी लेखक मार्क ट्वाइनको भनाइ उद्धृत छ – “इतिहास आफै दोहोरिँदैन तर अक्सर इतिहासको लय, ताल गुञ्जिरहन्छ ।” अमेरिकीहरूलाई ट्रम्प दोस्रो पटक निर्वाचित हुँदा उनले २०१७ देखि २०२१ सम्म पहिलो चोटी राष्ट्रपति बन्दा गरेका सम्पूर्ण उपद्रोह र अपराधहरू दोहो¥याउलान् भन्ने डर छ । सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सले पनि भन्नुभएको छ “इतिहास दोहोरिन्छ तर फरक ढङ्गले – पहिलो पल्ट त्रासदी र दोस्रो पटक प्रहसनका रूपमा ।”
ट्रम्पले सन् २०२४ को अन्तिम महिना चीनबाट आयात हुने वस्तुमा थप १० प्रतिशत भन्सार थोप्यो । चीन संसारकै लोकप्रिय निर्यातकर्ता देश हो । त्यो लोकप्रियता कमजोर बनाउने र चीनबाट आयात हुने वस्तुमा ६० प्रतिशतसम्म भन्सार दर पु¥याउने नियत ट्रम्पको छ । क्यानडा र मेक्सिकोविरुद्ध २५ प्रतिशत भन्सार दर वृद्धिको विरोध त भइरहेकै छ । ट्रम्पले विश्वव्यापी रूपमै १० प्रतिशत भन्सार दर वृद्धिको सङ्केत दिएका छन् । यदि त्यसो गरे युरोपेली युनियन र अन्य देशहरू चुपचाप बस्नेवाला छैनन्, ट्रम्पविरुद्ध जाइलाग्नेछन् । चीनले त थप १० प्रतिशत भन्सार दरको बदलामा अमेरिकी वस्तुमा पनि १० प्रतिशत कै कर लागु गरिसकेको छ ।
क्यानडा र मेक्सिकोमाथि व्यापार कचिङ्गलमात्र होइन राजनीतिक हस्तक्षेप बढेपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेइनबाउमले हप्तादिन अघि ट्रम्पसँगको वार्तापछि ट्रम्पलाई कडा जवाफ दिएका छन् – “तपाईँले पर्खाल बनाउने सोच्नुभयो तर याद रहोस् त्यो पर्खालपारि ७ अर्ब मानिस छन् । ती मानिसहरूले आइफोन छोडेर स्यामसुङ र हुवावे राज्नेछन् । अमेरिकाको गाडी फोर्ड र सेभ्रलेको सट्टा टोयोटा, किया र होण्डा चलाउनेछन् । डिज्नीको विकल्पमा ल्याटिन अमेरिकी चलचित्रहरू हेर्नेछन् । ‘नाइकी’ को सट्टा मेक्सिकी ‘पानाम’ जुत्ता लगाउनेछन् । यी ७ अर्ब उपभोक्ताले अमेरिकी उत्पादन बहिस्कार गरे तपाईको अर्थतन्त्र तपाईले खडा गर्नुभएको पर्खालभित्र ढल्नेछ । तब तपाई आपैm भन्नुहुनेछ – “पर्खाल हटाइदिनुस्, प्लिज । हामी पर्खाल चाहन्नथ्यौँ । तपार्इँले खोज्नुभयो । अब पर्खाल नै मिल्नेछ । संसार निकै ठुलो छ । अमेरिका सबैथोक होइन ।”
संसारमा डि—डलराइजेसन आन्दोलन धेरै पुरानो हो । अहिले ब्रिक्स मुद्राको अवधारणा त्यो आन्दोलनका निम्ति ठुलो हतियार बन्ने आशा लिइएको छ । ब्रिक्सको नयाँ विकास बैङ्क र ब्रिक्स मुद्राका् विषयमा चर्चा भइरहँदा ट्रम्पले धम्कीपूर्ण अभिव्यक्ति दियो – “डलरमा आधारित अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा कसैले विकल्प खोज्छ भने, कसैले विकल्पमा कुनै मुद्रा विकास गर्छ भने ती देशहरूमाथि १०० प्रतिशतको भन्सार कर लागु गर्छु । ” ब्रिक्स देशहरू ट्रम्पको यो अभिव्यक्तिले आत्तिएका छैनन् बरु चुपचाप आप्mनो विकास र विस्तारमा केन्द्रित छन् ।
के ट्रम्पले संरा अमेरिकालाई एक्ल्याउने बाटो समाएका हुन् ? यतिबेला धेरैको प्रश्न यही छ । प्रकारान्तरमा अमेरिकी साम्राज्यवाद एक्लो हुनुको विकल्प पनि छैन । तर ट्रम्पजस्तो राष्ट्रपतिले त्यो परिस्थितिलाई वर सारेको आभाष विश्व जगतलाई छ । ट्रम्पले प्यालेस्टाइनको गाजापट्टिबाट प्यालेस्टिनी सिध्याउने या जातीय सफाया गर्ने घोषणा गरे लगत्तै स्टेट डिपार्टमेन्टबाट ६ अर्ब ७० करोड अमेरिकी डलर बराबरको हातहतियार इजरायललाई बेचेको खबर बाहिरियो । सिँगो मध्यपूर्व ट्रम्प र संरा अमेरिकी यो व्यवहार या नीतिप्रति आक्रोसित छन् । सबैतिर युद्ध, ध्वंश र कचिङ्गलको बिउ रोपेर ट्रम्पले अमेरिकालाई फेरि महान् कसरी बनाउला ? सम्पूर्ण अमेरिकी आयातमा कम्तीमा २० प्रतिशतको भन्सारको ब्लाङ्केट ओढेर अमेरिका महान् कसरी बन्छ ? युरोपेली केन्द्रीय बैङ्कको रिपोर्टअनुसार संरा अमेरिकी वस्तुको विश्वव्यापी माग घट्दो छ यसबाट कुल गार्हस्थ उत्पादनको विश्वव्यापी आँकडा झर्न सक्ने सङ्केत छ ।
अर्थशास्त्रमा संरक्षणवाद भनेको आप्mनो घरेलु उद्योग, बजार, व्यापारलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट जोगाउने नाममा अघि सारिने व्यापार अवरोध हो । भन्सार, कोटा र सहुलियत व्यापार संरक्षणका रूप हुन् । संरा अमेरिका आज पनि संसारको ठुलो अर्थतन्त्र नै हो । विश्वको एउटा ठुलो अर्थतन्त्रले व्यापार संरक्षणवादी नीति लिनुले विश्वको आर्थिक वृद्धि विकासमा नकारात्मक असर पर्छ । घरेलु बजारमा मूल्य वृद्धि र मुद्रास्फिति त बढ्छ नै राष्ट्रिय अर्थतन्त्र पनि ओरालो झर्छ । तर चीनसँगको व्यापार युद्धमा प्रमाणित भइसकेको छ – व्यापार संरक्षणवादी देशको अत्याचारले धेरथोर असर सम्बन्धित देशलाई परे पनि बढी हानी उसैलाई हुन्छ ।
सन् २०१० देखि वस्तु निर्यातमा पाँच देशहरू या अर्थतन्त्रहरूले दसौँ खरबको कारोबार गर्यो । जसको नेतृत्व लगातार चीनले गर्दै छ । यो तथ्य सन् २०२४ नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको हो । त्यसकारण चीनविरुद्ध युरोपेली देशहरूले संरा अमेरिकालाई सहयोग नगर्ला । यसरी ट्रम्प आप्mनो पहिलो कार्यकालमा पनि युरोपेली देशबीच एक्लो बनेका थिए यो पटक पनि एक्लो हुने सङ्केत देखापर्दै छ । चीनविरुद्ध संरा अमेरिकाले जस्तोसुकै कदम चाले पनि, युद्ध गरे पनि, पर्खाल बनाए पनि चीन रोकिएन । आप्mनै गति या बेगमा अगाडि बढ्यो । ट्रम्पको अघोषित नाकाबन्दी सामना गर्दै चीनले युरोपदेखि ल्याटिन अमेरिका, अफ्रिका, एसियासम्मका देशहरूलाई अगाडि बढ्न सघायो । बाइडेन प्रशासनले पनि चीनमा अमेरिकी प्रविधि निर्यात रोकेको थियो । राष्ट्रपति सी चिङ फिङले देशलाई प्रविधिमा आत्मनिर्भर बनाउने, हर किसिमका प्रतिस्पर्धा पार गर्ने नीति लिनुभयो । आज चीन प्रविधिमा निकै अगाडि छ । Low altitude Economy अर्थात् कम उँचाइमा उड्ने गाडी, ड्रोन र अन्य सवारी साधनले अर्थतन्त्रमा सहयोग गर्ने प्रविधिको विकास र Deepseek, चीनको १० वर्ष पुरानो हाई—टेक योजनाको प्रतिफल, पछिल्ला उदाहरण मात्रै हुन् । नवीकरणीय ऊर्जामार्फत सञ्चालन हुने इलेक्ट्रिक कार ब्राण्ड बिवाइडीको संसारमा माग निकै बढी छ । चिनियाँ हुवावेको विकास त झन चिनियाँ संस्कृति र सभ्यतासँग जोडिएको छ । चिनियाँ भावना र संस्कृतिको पहिचानबिना प्राविधिक विकास पनि सम्भव छैन भन्ने विचार चीनमा अघि बढ्यो । हुवावेको सफलता संरा अमेरिकाको कारण होइन चिनियाँ जनताको मेहनतका कारण प्राप्त भएको जिकिर चाइना डेलीको यो अङ्कमा छ । सन् १९६० को दशमा पनि चीनले पहिलो चोटि घरेलु उत्पादनका रूपमा स्या पेसु Xia Peisu, एक कम्प्युटर वैज्ञानिकले विकास गरेको ‘मोडल १०७’ का कारण चीनलाई एक्लो बनाइएको थियो । वैज्ञानिक क्षमताको थियो त्यो मोडल । त्यही क्षमताले सन् १९७० मा पेइचिङबाट पहिलो पल्ट अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गर्यो ।
पछिल्ला दशकहरूमा चीनले विवादको सट्टा बहुध्रुवीय सहकार्य र समन्वयको पक्ष लियो । युरोपेली देशहरूबीच लगानी आदानप्रदानको बाटो खोल्यो । युरोपका लागि चीन एक अर्ब ४० करोड उपभोक्ताको बजार हो । आवश्यक क्षेत्रमा दुईपक्षबीच प्रतिस्पर्धाले यरोप र चीन दुबैको विकास भयो । ५० वर्षको दुईपक्षीय वीन—वीन सम्बन्ध यो वर्ष मनाइँदै छ । युरोप—चीनबीच कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठ पनि हो यो वर्ष । अमेरिका युरोप चिढ्याउने काम गरिरहँदा चीन युरोपसँग निकै राम्रो सम्बन्ध हुर्काउँदै छ ।
संरा अमेरिका अझै शीत युद्धकालीन मानसिकतामा छ । चारैतिर सिस्नु रोपेर तुलसीको आशा सम्भव छैन । ट्रम्पलाई निर्वाचित गर्न इलन मस्कहरूले गरेको खर्च सार्वजनिक हुनुले, इलन मस्कलाई सीधै मन्त्री बनाउने प्रस्तावले अमेरिकी जनता आन्दोलित छन् । अमेरिकाको प्रजातन्त्रमाथि प्रश्न उठ्दै छ । त्यतिमात्र होइन आप्रवासीलाई पशुसरह एक अपराधीलाई झैँ हात खुट्टा सिक्री बाँधेर ४० घण्टासम्म दिशापिसाब गर्न समेत नछोडी मानसिक यातना दिएर स्वदेश फर्काइनुले कोलम्बिया, भारतलगायतका देशहरूमा जनस्तरबाट अमेरिकी ज्यादतीको विरोध हुँदै छ ।
केही समयअघि ट्रम्पले जलवायु संरक्षण सम्बन्धि पेरिस सम्झौताबाट हात झिक्यो, अन्तर्राष्ट्रिय क्योटो प्रोटोकल नमान्ने घोषणा गर्यो । विश्वजगतले उनको त्यो घोषणालाई मानवताविरोधी कदम भनी विरोध एवम् निन्दा गर्यो । जलवायु परिवर्तन एवम् वायुमण्डलमा उच्च तापमान वृद्धि संसारको साझा समस्या हो । वायुमण्डलमा ९३ प्रतिशतभन्दा बढी तापक्रम औद्योगीकरण कै कारण बढ्दै छ । वातावरणमा गर्मी बढ्दा सुनामी, तुफान, समुद्री आँधी बढ्दै छन् । सन् २०२४ मा मात्र भियतनाम, म्यानमार, लावस र थाइल्याण्डको आँधीमा ५ सय मानिसले ज्यान गुमाए । विश्व मौसम विभाग सङ्गठन (डब्लुएमओ) का अनुसार सन् २००८ देखि जलवायु परिवर्तनका कारण ३५ करोड ९० लाख मानिसले घरबार गुमाए । ६६ लाख मानिस बाढी, पहिरो, आँधी हुरी, आगलागीका कारण सन् २०२३ मा मात्र विस्थापित भए । २ करोड मानिस परिवारबाट बिछोडिए । सन् १९७० देखि २०२१ सम्ममा ११७७८ वटा ठुल्ठुला प्राकृतिक प्रकोप आइलाग्यो जसमा २१ लाख मानिसको मृत्यु भयो । ४३ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भयो । प्राकृतिक प्रकोपसँग जोडिएको ९१ प्रतिशत मृत्यु विकासशील देशबाट हुने आँकडा छ । विकासशील देशहरूमा विश्वको ८३ प्रतिशत जनसङ्ख्या बासोवास गर्छन् । विश्व आर्थिक फोरमका अनुसार सन् २०५० सम्ममा १ करोड ४५ लाख मानिसको मृत्यु जलवायु परिवर्तनका कारण हुने अनुमान छ, ८५ लाश मानिसको मृत्यु बाढी पहिरो र ३२ लाख खडेरीको कारण हुनेछ । जलवायु प्रदूषणको एक प्रमुख कारण स्वयम् संरा अमेरिका हो । हरितगृह ग्यास, कार्बन्डाइअक्साइड र अन्य हानीकारक ग्यास उत्सर्जनले वायुमण्डलको तापक्रम वृद्धि भएको हो । औद्योगिक देशहरूले यसको जिम्मा लिनुपर्ने हो । विकसित देशको उत्पादन र प्रगतिले विकासशील देशहरू मारमा पर्नु हुँदैन भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यस कारण ट्रम्प पेरिस सम्झौताबाट बाहिरिनु अन्तर्राष्ट्रिय मान्यता र मानवताविरोधी छ । यस विषयमा पनि अमेरिका एक्लिएको बुझ्न गा¥हो छैन । जलवायु परिवर्तनका कारण भएको आर्थिक क्षतिको लेखाजोखा पनि अब जरुरी छ ।
चीनले जलवायु संरक्षणका लागि गरेका कामहरू उदाहरणीय मात्र होइन अनुकरणीय छन् । बजेटको ठुलो हिस्सा जलवायु संरक्षणमा खर्च गरेको तथ्याङ्क छ । वातावरणमा औद्यौगिक ग्यास न्यूनीकरण गर्न आर्थिक र भौतिक सहयोग गर्दै छ चीन  । सन् २०१६ यता चीनले विकासशील देशहरूलाई मात्र २४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको सहयोग गर्यो । चीन नयाँ पुस्ताका उद्योगी व्यवसायीलाई जलवायु संरक्षणको माक्र्सवादी दृष्टिकोण सिकाउँदै छ । विश्व वातावरण एवम् जलवायु सफाइ मानव जातिको सेवा हो भन्ने माक्र्सवादी विचारको प्रयोग भूमि पनि हो चीन । वातावरणमैत्री प्रविधिको द्रुत विकास चीनको सफलता हो । तयो प्रविधिको माग विश्वमै बढी छ । मरुभूमिहरूलाई हरिया फाँटमा रूपान्तरण गर्नु कुनै चमत्कारभन्दा कम हो र ? दक्षिण सिङच्याङ उइगुर स्वायत्त क्षेत्रको ताक्लामाकन मरुभूमि Taklamakan Desert को रूपान्तरण संसारकै लागि अनुकरणीय उदाहरण हो ।
यसरी संरा अमेरिका आफ्नो प्रभूत्वको लागि संसारसँग निहुँ खोजिरहेको बेला चीन चुपचाप संसारको मन जित्दै छ । संरा अमेरिका आप्रवासी विद्यार्थी लखेटिरहँदा चीन छात्रवृत्ति दिएर अन्तर्राष्ट्रिय विद्यार्थी बोलाउँदै छ । ‘देशदेशका राजदूत हुन् अन्तर्राष्ट्रिय विद्यार्थी’ भन्दै छ । चाइना टुडेको यस अङ्कमा चीनमा चिनियाँ भाषा पढेका भारतीय विद्यार्थी विवेकमणी त्रिपाठीको अनुभव रोचक छ । भाषा, संस्कृति, सभ्यताले देशदेशबीचको सम्बन्ध बलियो हुन्छ । संस्कृत र चिनियाँ भाषा, कन्फ्युसियस र बुद्ध दर्शनबीचको मेल एवम् एकरूपता अध्ययन हुँदै छ । भारतमा चीन जनस्तरमा लोकप्रिय बन्दै छ । त्यही भारतमा अहिले ट्रम्पको अमानवीय व्यवहारको चर्को विरोध छ । यो अन्तर्राष्ट्रिय परिस्थितिले संरा अमेरिका एक्लिँदै गरेको दृष्टान्त बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *