विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२

रुवान्डाले कङ्गोमाथि आक्रमण जारी राखिरहँदा क्यानडा भने मौन छ । यति मात्र होइन उसले रुवान्डाका क्रूर शासक पाउल कागामेलाई पनि समर्थन गर्दै छ ।
पूर्वी कङ्गोलाई विदेशी कब्जाकारीले तहसनहस पार्दै छन् । क्यानडा फेरि पनि आततायीहरूको पक्षमा उभिएको छ ।
पूर्वी कङ्गोमा रुवान्डाले तीन दशकदेखि विद्रोहीहरूलाई प्रायोजित गर्दै आएको हो । मार्च २३ आन्दोलन (एम२३) रुवान्डापरस्त लडाकु समूह हो । यसले अहिले पूर्वी कङ्गोको सबैभन्दा ठुलो २ करोड आबादी रहेको सहर गोमा कब्जा गरिसकेको छ । यो वर्षको थालनीयता त्यहाँका ४ लाख रैथाने विस्थापित भइसकेका छन् भने गत तीन वर्षमा १० लाख बासिन्दा भागिसकेका छन् ।
रुवान्डाका शासक पाउल कागामे निर्दयी पुलिसराज चलाउँछन् । रुवान्डाले आक्रमण जारी राखिरहँदा क्यानडा सरकारले मौनता साँधिरहेको छ । यो महिनाको आरम्भमा क्यानडाको विदेश मन्त्रालयले कङ्गोमा ‘हिंसा चुलिएको’ मा वक्तव्य जारी ग¥यो । तर, वक्तव्यमा कङ्गोमा हजारौँ रुवान्डेली सेना घुसेको विषयमा केही पनि उल्लेख गरिएन । पूर्वी कङ्गोमा ‘विदेशी दस्ता’ घुसेको अमूर्त कुरा मात्र लेखियो । ‘एम२३’ लडाकुहरूले सन् २०१२ को विद्रोहको बेला गोमा सहर कब्जा गरेका थिए । तर, अन्तर्राष्ट्रिय जगतले रुवान्डामाथि दबाब दिएपछि केही दिनमै उनीहरू पछि हटेका थिए ।
कङ्गोमा उपद्रोव मच्चाएर कागामेले आफ्नो तानाशाही सुदृढ पारेका छन् भने लगातार क्यानडाको मद्दत पनि पाइरहेका छन् । गत अगस्त महिनामा रुवान्डास्थित क्यानडाका उच्च आयुक्त जुली क्रोलेले ९९ प्रतिशत मत पाएर थप पाँच वर्षलाई रुवान्डाको राष्ट्रपति पदमा ‘विजयी’ भएकोमा हर्षबढाइँ नै गरिन् । त्यसयता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोले कागामेलाई पटकपटक भेटिसकेका छन् । कङ्गोमा रुवान्डाको घुसपैठको ६ महिना बितिसकेको छ भने । यसबिच ट्रयुडोले रुवान्डाको राजधानी किगालीमा भएको कमनवेल्थका सरकारप्रमुखहरूको बैठकमा भाग लिइसकेका छन् । भेटवार्तामा ट्रयुडोले युक्रेनमा भइरहेको रुसी कब्जाबारे कागामेसँग छलफल गरे । जब कि सो भेटकै बेला रुवान्डाले कङ्गोमाथि आक्रमण जारी राखिरहेको थियो । ट्रयुडोले त्यसलाई बेवास्ता गरे । यसका साथै क्यानडाले रुवान्डामा पूर्ण सदस्यीय उच्च आयोग खटाउने घोषणा पनि गरे ।
क्यानडाले रुवान्डालाई बर्सेनि करोडौँ डलरको सहायता दिँदै आएको छ । एक अध्ययन अनुसार क्यानडाले अफ्रिकामा चलिरहने लडाइँहरूमा बाल सैनिकको प्रयोग गर्न स्थापना गरिएको संस्थानलाई सहयोगबापत १ करोड ९० लाख बराबरको सहयोग दिएको छ । यो रुवान्डाका सेनासम्बद्ध संस्था हो । रुवान्डेली सेनाले गुप्त युद्धहरू चलाउन लुकीछिपी बालबच्चा अपहरण गरी तिनलाई लडाकु दस्तामा भर्ती गर्दै आएको छ । साथै उसले ती बालबच्चालाई जर्बजस्ती लडाइँहरूमा होम्दै छ ।
विगत २० वर्ष यता रुवान्डा सरकारले कङ्गोमा उत्पात मच्चाइरहेको छ । तैपनि क्यानडाले उसैलाई आडभरोसा दिँदै आएको छ । सन् १९९६ मा रुवान्डा र युगान्डालाई मिलेर (तिनताका जायर भनिने) पूर्वी कङ्गो कब्जा गरेका थिए । रुवान्डामा चलेको नृशंस जातिसंहारबाट भागेर हुतु विद्रोहीहरू पूर्वी कङ्गो भागेपछि त्यो ‘प्रथम कङ्गो युद्ध’ छेडिएको थियो । त्यसमा पनि क्यानडाले आक्रमणकारीहरूको पक्ष लिएको थियो । त्यो वर्षको अन्त्यतिर क्यानडा छोटो समयका लागि संयुक्त राष्ट्रसङ्घको सेनाको नेतृत्व गर्दै त्यस क्षेत्रमा घुसेको थियो । यसका दुई कारण थिए । पहिलो, सो क्षेत्रमाथिको फ्रान्सेली दबाबलाई तितरबितर पार्नु थियो । दोस्रो, कङ्गो (तत्कालीन जायर) का राष्ट्रपति मोबुतु सेसेसेकोप्रति बफादार सैनिकले कब्जाकारीहरूलाई टक्कर दिन नसकून् भनी सुनिश्चित गर्नु थियो । क्यानडाको आड पाएर रुवान्डेली सेना कङ्गो सरकारलाई सत्ताच्युत गर्न १५ सय किलोमिटर भित्र घुस्यो । कङ्गोमाथि रुवान्डाले नयाँसरकार थोप¥यो । सो सरकारले रुवान्डेली सेनालाई देशनिकाला गरेपछि रुवान्डाले पुनः कङ्गोमाथि आक्रमण ग¥यो । यही हानथापका कारण सन् १९९८ र २००३ बिच आठ–देशीय युद्ध चलिरह्यो । त्यसमा परेर लाखौँ कङ्गोबासीले ज्यान गुमाए । त्यसयता रुवान्डा र कङ्गोमा सक्रिय उसका लठैतहरूले पूर्वी कङ्गोमा लगातार आक्रमण गर्दै आएका छन् ।
सन् २००२ मा क्यानडाका आठ कम्पनीमाथि राष्ट्रसंघको प्रतिवेदनले ‘प्रजातान्त्रिक गणतन्त्र कङ्गोका प्राकृतिक स्रोधसाधन तथा अन्य किसिमका धनको अवैध दोहन गरेको’ अभियोग लगायो । यी आठ कम्पनी थिए ‘अमेरिकन मिनरल फिल्ड्स’, ‘बानरो’, ‘फस्र्ट क्वान्टम’, ‘ह्राम्बी माइनिङ’, ‘इन्टरनेसनल प्यानोरामा रिसोर्सेज’, ‘किनरोस गोल्ड’, ‘मेल्कोइर रिसोर्सेज’ र ‘टेङ्क’ । राष्ट्रसङ्घको उक्त रिपोर्टमा क्यानडा र अन्य देशका खानी कम्पनीहरूले कङ्गोमा व्यापक रूपमा कानुन मिचेको विस्तृत चर्चा थियो । रिपोर्टले क्यानडा सरकारलाई ती अभियोगबारे औपचारिक छानबिन गर्न सिफारिस ग¥यो । तर, क्यानडाले कहिल्यै त्यो छानबिन गरेन ।
सन् २०१५ मा मैले प्रकाशित गरेको पुस्तक ‘अफ्रिकामा क्यानडा : वैदेशिक सहायता तथा दोहनका ३०० वर्ष’ मा कङ्गोलाई तन्नम पार्न क्यानडाले खेलेको भूमिकाबारे रौँचिरा पारेको छु । झन्डै सय वर्षअघि क्यानडाको शाही सैन्य कलेजले तालिम दिएका सैन्य अधिकारी विलियम ग्रान्ट स्टेयर्स कङ्गो गएका थिए । तिनताका कङ्गोलाई बेल्जियमको मानिन्थ्यो । त्यहाँ युरोपेली प्रभाव विस्तार गर्न स्टेयर्सलाई पठाइएको थियो । उनले दुई ठुला विध्वंसकारी यात्रा गरे । सन् १८८७ मा अफ्रिकी महादेशका भित्री इलाकाहरू छिचोल्ने १० गोरा सैन्य अफिसरमध्ये एक उनै थिए । त्यो वर्ष पहिलोपल्ट युरोपेली कब्जाकारीहरूले अफ्रिका छिचोलेका थिए । यात्रामा उनीहरू रैथाने जनतालाई मार्दै अगाडि बढे । उनीहरूले रोग र विनाशको लहर नै ल्याए । केही वर्षपछि बेल्जियमका राजा लियोपोल्ड–द्वितीय को तर्फबाट प्राकृतिक स्रोतमा निकै सम्पन्न कटाङ्गा क्षेत्र कब्जा गर्न उनी १९ सय ५० सिपाहीको दलबल लिएर कङ्गो गए । आज स्टेयर्सको सम्मानमा युरोपका ठाउँठाउँमा सडक र टापुको नाम राखिएको छ । उनकै नाममा ठाउँठाउँमा स्मारकहरू बनाइएको छ । जब कि उनले बेल्जियमका राजाको राक्षसी उपनिवेशमा साढे एक लाख वर्गकिलोमिटर जग्गा थप्न विभत्स अत्याचार गरेका थिए ।
यही अवधिमा क्यानडाकै अर्का व्यक्ति विलियम हेनरी फकनरले पूर्वी कङ्गोमा पहिलो गोरो मिसन (धार्मिक समाज) खडा गरेका थिए । सन् १८८७ देखि १८९१ सम्म फकनर येके अधिराज्यका शासक एम्वेन्डा एम्सिरीको मातहत रही काम गरे । केही वर्षपछि स्टेयर्सले ती रैथाने शासकको हत्या गरे । फकनरको प्लेमाउथ समाजले खुलेरै कटाङ्गा क्षेत्रमा युरोपेली शासन कायम गर्न आह्वान गरे । सबै मिसनरीहरूले जस्तै उनले पनि स्थानीय शासन व्यवस्थालाई निस्तेज पार्न खोजे ।
फकनरको बाटो पछ्याउँदै क्यानडाको टोरोन्टो सहरमा जन्मेका हेनरी ग्राटन गिन्नेस–द्वितीयले सन् १८८९ मा कङ्गो–बालोलो मिसन स्थापना गरे । यो मिसनले उपनिवेशका विकट इलाकाहरूमा काम गथ्र्यो । ती इलाकामा राजा लियोपोल्डको ‘अङ्ग्रेज–बेल्जियन रबर कम्पनी’ ले रैथाने जनतालाई जबर्जस्ती रबरको कच्चा पदार्थ निकाल्न लगाउँथ्यो । सो कम्पनीले कोटा अनुसार रबर जम्मा नगर्ने हजारौँ रैथानेको हात छपाछप काट्थ्यो । ज्यानै गुमाउनुपर्ने हिंसाले कहालिएर लुगोङ्गा, लोपोरी, मारिङ्गा, जौपा र बुरिसा क्षेत्रका अफ्रिकी रैथानेहरूले इसाइ पादरीहरूको पाउ पुजे । उनीहरूले ‘नयाँ जीवनशैलीका ती प्रचारक’ को कुरा सुन्न थाले । लियोपोल्डका कर्मचारीहरूसँगको सरसङ्गत र उठबस नबिगार्न कङ्गो–बालोलो मिसनका पादरीहरूले आफ्नै आँखाले देखेका विभत्स दृश्यबारे बोल्न मानेनन् । बेलायतमा रहेका अधिकारकर्मीहरूले लगातार बेल्जियमको क्रूरतालाई सबैसामु ल्याउन अनुरोध गरिरहे । तर, तिनले जहिल्यै अनाकानी गरिरहे ।
सन् १९२० को दशकमा दक्षिण अफ्रिकाका लागि क्यानडाका वाणिज्य दूत जीआर स्टेभन्स थिए । उनले कङ्गोको भ्रमण गरे र काटाङ्गामा अकल्पनीय प्राकृतिक स्रोतसाधन भएको रिपोर्ट पठाए । त्यहाँ बेल्जियमको शासनसत्तालाई सदर गर्न सन् १९४६ मा क्यानडाले कङ्गोमा एक वाणिज्य आयोग पठायो । सन् १९५९ मा लगातार उपनिवेशवादविरोधी जनप्रदर्शनहरू भएपछि विदेश मन्त्रालयले ‘अधिकांश रैथानेहरूमा अझै पनि बर्बरता कायम रहेको’ रिपोर्टमा उल्लेख ग¥यो ।
विशाल उपनिवेशमा बेल्जियमको नियन्त्रण चालू राख्न क्यानडाले सेना दिएर सहयोग गरिरह्यो । दोस्रो विश्वयुद्धताका र पछि पनि क्यानडाले बेल्जियमका सयौँ पाइलटलाई तालिम दिइरह्यो । सन् १९५० को दशकमा बेल्जियमले क्यानडाको ‘नेटो सहायता कोष’ बाट करोडौँडलर सहयोग पाइरह्यो । बहुपक्षीय व्यापार रक्षार्थ त्यो कार्यक्रम चलाइएको थियो । उक्त कार्यक्रमअन्तर्गत पाएका हातहतियारलाई बेल्जियाली सेनाले कङ्गोको उपनिवेशवादविरोधी सङ्घर्ष दबाउन प्रयोग गरेको थियो ।
स्वतन्त्रतापछि क्यानडाले राष्ट्रसङ्घीय मिसनमा कङ्गोविरुद्ध महत्वपूर्ण भूमिका खेल्यो । सन् १९६१ मा उपनिवेशवादविरोधी प्रधानमन्त्री प्याट्रिस लुमुम्बाको हत्या भयो । सो हत्यामा सहजीकरण गर्न क्यानडाले राष्ट्रसंघको मञ्चलाई मोहोडा बनायो । लुमुम्बालाई क्यानडाका तत्कालीन प्रधानमन्त्री जोन डिनफेनबेकरले ‘पश्चिमा स्वार्थका लागि खतरा’ भने । कङ्गोलाई स्वतन्त्र बनाउने नेता लुमुम्बाको सत्तालाई निस्तेज पार्न क्यानडाले आफ्नो सेनालाई परिचालन गरिरह्यो । कङ्गोमा रहेका क्यानडाका कर्नेल ज्याँ बेर्थाइमले जनप्रिय नेता लुमुम्बाको अपहरण गर्न उनका राजनीतिक शत्रुहरूलाई साथ दिए । अपहरणपछि लुमुम्बालाई मोबुतु सेसे सेकोमातहत रहेका सिपाहीहरूलाई सुम्पिइयो । यसरी लुमुम्बालाई काटाङ्गा पु¥याइयो । त्यहाँ उनलाई यातना दिइयो र निर्ममतापूर्वक मारियो ।
मोबुतुको उदयमा क्यानडाको हात थियो । क्यानडाले लामो समयसम्म ती अत्याचारीलाई साथ दिइरह्यो । मोबुतुको शासन ढलेको झन्डै तीन दशक पछि पनि पूर्वी कङ्गोको ठुलो भाग रुवान्डा र उसका लठैतहरूको प्रभाव रहँदै आएको छ ।
झन्डै सय वर्षको हिंसात्मक औपनिवेशिक र साम्राज्यवादी शासकबिच कङ्गो तहसनहस भयो; लाखौँ कङ्गोबासीले ज्यान गुमाए । यी सबैमा क्यानडा ठाडै अत्याचारीहरूको पक्षमा उभिँदै आएको छ । कहिलेकाहीँ मात्र उसले ती अत्याचारमा मौन समर्थन गरेको देखियो । क्यानडा सरकार बाहिर त मानवअधिकारका मूल्यमान्यताको कुरा गर्छ । तर, रुवान्डाको कागामे सरकारलाई साथ दिएर उसले आफैलाई नाङ्गो पारेको छ; उसको विश्वव्यापी शाख कलङ्कित बन्न पुगको छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply