नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, माघ २३ गते। चिनिया नयाँ बर्षको अबसरमा काठ्माण्डौ स्थित चिनिया संस्कृति केन्द्रको आयोजनामा आज शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन भयो। माहाराजगन्ज स्थित केन्द्रको कार्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेपाल स्थित चिनियाँ राजदुत यु होङ र पुर्व संचार मन्त्री अग्नी सापकोटाले संयुक्त रुपमा गर्नुभएको थियो।
कार्यक्रममा राजदुत यु होङले गएको बर्ष चिनिया बिशेषताको समाजबादको बिकास र चीनको आर्थिक प्रगतिको निम्ति महत्वपुर्ण बर्ष रहेको बताउनु भयो। नेपालका बिभिन्न अयोजनामा चीन र नेपाल बीच सहकार्य भइरहेको बाताउनु हँदै उहाँले आउने बर्ष नेपाली र चिनिया जनता बीचको सम्बन्ध अझ मजबुत हुने बिश्वास ब्यक्त गर्नु भयो।
चिनिया र नेपाली पाहुनाहरुको उलेख्य उपस्थिति रहेको सो कार्यक्रममा चिनिया संस्कृति केन्द्रका निर्देशक यीन खुनसोङले सहभागी सम्पुर्ण मीत्रहरुलाई चि निया नयाँ बर्षको शुभकामना दिनु हँदै स्वागत गर्नु भएको थियो। कार्यक्रममा चीनको दक्षिणी प्रान्त कुइचउ बाट आएको चिनिया साँस्कृतिक टोलीले बिभिन्न चिनिया जातजातिहरुको रहनसहन र संस्कृति झल्काउने प्रस्तुतीहरु देखाएको थियो।
यस बर्षको चिनिया नयाँ बर्ष फागुन ४ गते शुक्रवारको दिन शुरु हँदैछ। बसन्तको चाड पनि भनिने चिनिया नयाँ बर्ष यस बर्ष कुकुर बर्षको रुपमा मनाइदै छ । ४ गते शुरु हुने सो चाड १८ गते पुर्णीमाको दिन सम्म १५ दिन मनाइन्छ।
Leave a Reply