भर्खरै :

के रुसी राष्ट्रपति पुटिन ‘तानाशाही’ हो ?

के रुसी राष्ट्रपति पुटिन ‘तानाशाही’ हो ?

प्रधानमन्त्रीको बोली र टीकाटिप्पणीलाई औपचारिक र सरकारी निर्णय जतिकै मानिन्छ । नेपाली जनता र राजधानीमा बसेका मित्र राष्ट्रका राजदूतहरूले पनि त्यही रूपमा लिन्छन् । यसकारण, प्रधानमन्त्री ओलीका केही विवादित टिप्पणीहरूबारे बुद्धिजीवीहरू “प्रधानमन्त्री केपी ओलीका सल्लाहकारहरू” नै दोषी भएको बताउँछन् । उदाहरणको निम्ति केही दिनअगाडि प्रधानमन्त्री केपी ओलीले रुसी महासङ्घका राष्ट्रपति पुटिन र प्रजग कोरियाका सर्वोच्च नेता र सेनानायकलाई ‘तानाशाही’ जस्ता शब्द प्रयोग गरे । यसबारे छापामा समेत अनेक टीका–टिप्पणी भएको थियो ।
केही बुद्धिजीवीको जिज्ञासा थियो, “के रुसी राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणलाई सहेर बस्नुपर्ने हो ?”
अर्को बुद्धिजीवीको जिज्ञासा थियो, “के राष्ट्रपति पुटिनले आत्मसमर्पण गर्नुपर्ने थियो ?”
यस्ता अनेक जिज्ञासा, प्रश्न र छलफलबाट के निचोड निकाल्न सकिन्छ भने – यदि युक्रेनी आक्रमणको बदलामा प्रत्याक्रमण नगरेको भए पुटिनले रुसी महासङ्घ र रुसी जनतालाई विश्वासघात गरेको ठहरिन्थो र पुटिन देशद्रोही हुने थिए ।
तर केपी ओलीजीलाई ‘विश्वासघाती’ र ‘देशद्रोही’ कसैले भने केही फरक पर्दैन किनभने त्यस्ता शब्द सहर–बजारमा उहाँले सधैँ सुन्ने गरी आइरहेकै हुन् ।
एउटा महत्वपूर्ण कुरा छ – संयुक्त राज्य अमेरिकी पूर्वराष्ट्रपति बाइडेनले ‘पुटिनलाई युद्ध अपराधी’ बताएका थिए । तर, त्यो शब्द बाइडेनको व्यक्तिगत थियो वा सरकारी निर्णय हो थाहा भएन यद्यपि, उनले त्यो शब्द पछि दोहो¥याएनन् ।
संयुक्त राष्ट्रसङ्घको एक स्थायी सदस्य देशको राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपतिले ‘युद्ध अपराधी’ बताउनु ‘बाइडेन’ को बोली चिप्लेकै भए पनि अन्ततः उनी राष्ट्रपतिको प्रतिस्पर्धाबाट तल झरे ।
त्यस्तै प्रधानमन्त्री केपी ओलीले प्रजग कोरियाका सर्वाेच्च नेता र राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष किम जोङ उनलाई पनि ‘निर्वाचनबाट आएको होइन’ भनी ‘तानाशाही’ शब्द ओकल्नु के अमेरिकी पूर्वराष्ट्रपति बाइडेनकै नक्कल त होइन ? कि ओलीजीले अमेरिकी पूर्वराष्ट्रपति बाइडेनको दबाबले भनेका हुन् ? प्रस्ट हुनु आवश्यक छ । विषयवस्तुको जानकारी नभएकै कारणले अन्य सहयोगीहरूको हाहुका भरमा बोलेको पनि हुन सक्छ ।
तर, आश्चर्य के हो भने १९५०–५३ को कोरियामा अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्ने कोरियाली जनताको देश र नेतृत्वबारे प्रधानमन्त्रीले यस्तो हलुका टिप्पणी गर्नु ओलीजीको बौद्धिक टाटपल्टाइ त होइन ? भन्ने प्रश्न उठेको छ ।
त्यति मात्रै होइन, शुद्धि–बुद्धि हराएका ओलीजस्तो व्यक्तिलाई प्रधानमन्त्री पदबाट तत्काल राजीनामा गराउन एमालेका नेता र सांसदहरू किन मौन रहे ? एमालेको प्रजग कोरियाप्रतिको दृष्टिकोण त्यही हो भने एक टड्कारो प्रश्न उठ्छ – के एमाले अमेरिकी साम्राज्यवादको पिछलग्गू ‘माक्र्सवादी–लेनिनवादी’ दल हो ? नेपाली जनता र नेपालका जिउँदा–जाग्दा साम्यवादी विचारका मित्रहरू ओली र एमालेको दृष्टिकोणको विरोधमा खुलेर सैद्धान्तिक सङ्घर्षमा उत्रने सम्भावना व्यापक छ ।
प्रजग कोरियाको विरोधमा एक शब्द बोल्नु पनि एक प्रकारले ‘अमेरिकी साम्राज्यवादको समर्थन’ र ‘समाजवादको विरोधको’ अर्थ लाग्नेछ । यसकारण, एमालेका जिम्मेवार नेता र कार्यकर्ताहरूले यसबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।
सम्भवतः एमालेभित्रको आन्तरिक कलहको कारण मात्र यस्तो अभिव्यक्ति आएको हो भने आफ्नो घरेलु झगडामा अन्य मित्र पार्टीलाई, सरकार र व्यक्तित्वप्रति जथाभावी बोल्नु ठूलो राजनीतिक त्रुटि साबित हुनेछ ।
यसकारण, मनोगत हिसाबले एमालेका नेता ओली एवम् प्रधानमन्त्री ओलीले मित्र देशहरूप्रति त्यस्तो लाञ्छना लगाएको हो भने त्यसलाई तत्काल रोक्नुपर्छ र आरोप गलत हो भने त्यसैबारे एउटा वक्तव्य आउनुपर्छ भन्ने केही बुद्धिजीवीहरूको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *