यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा–७, इनाचो–चोर्चा, एकाइ समितिको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवस र आठौँ महाधिवेशन प्रचारार्थ हाजिरीजवाफ र हस्तलेखन प्रतियोगिता सिद्धि गणेश तालिम हलमा सम्पन्न भयो ।
युवा सङ्घका उपाध्यक्ष विष्णुराम दुमरुले विगतका ऐतिहासिक घटनाक्रमबारे जानकार हुन अध्ययन गर्नुपर्ने र ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक पत्रिकाहरू अध्ययन गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।
युवा सङ्घका सदस्य हरिरत्न गोर्खालीले हारजितलाई भन्दा पनि क्षमता अभिवृद्धि गर्न र बाहिरी ज्ञान हासिल गर्न प्रतियोगितामा भाग लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः टीम ‘सी’ का जेशिस बेकोजू र सुपृच बासी, टीम ‘ए’ का जेनिश ह्योङ्गोजु र समहित प्रजापति र टीम ‘ई’ का सहर्ष दुमरु र सदिक्षा दुमरु भएका छन् । हस्तलेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः निन्जुमा मानन्धर, सरिना त्वानाबासु र सृष्टि श्रेष्ठलाई पुरस्कृत गरियो । कार्यक्रममा चन्द्रप्रसाद दुमरु, गंगाराम प्रजापति र श्रृजन लवजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply