लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
ललितपुर, ३ फागुन । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले यही फागुन १६ गतेदेखि १९ गतेसम्म हुने पार्टीको आठौँ महाधिवेशन सफल पार्न सबै कार्यकर्ताहरूलाई सक्रियरूपले घरदैलो प्रचार गर्न आग्रह गर्नुभयो ।
उहाँले कार्यकर्ताहरू सिद्धान्तनिष्ठ, इमानदार हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई देशको परिस्थितिअनुसार लागु गरी समाजवादी क्रान्तिको तयारीमा जनता सचेत र सङ्गठित पार्नुपर्ने बताउनुभयो ।
उहाँले देशका शासकहरूले राजनैतिक भ्रष्टाचार गरी देशलाई खोक्रो बनाएको र कम्युनिस्ट नामधारी पार्टीहरू सत्तामा पुगेपछि कम्युनिस्ट आचरणअनुसार काम नगरेकोले त्यस्ता पार्टीविरुद्ध सैद्धान्तिक सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गौरवले कार्यकर्ताहरूमा आलोचना र आत्मालोचनाबाट सिक्नुपर्ने बताउनुभयो ।
उहाँले उदारवादको विरोध गर्नुपर्ने भन्दै आफ्नो स्वार्थको लागि मात्र लड्ने बानी कार्यकर्ताले त्याग्नुपर्ने बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलको सभापतित्वमा भएको भेलामा कवीन्द्र डंगोल, सूर्यलक्ष्मी प्रजापति, मनहेरा महर्जन, दिब्या, टीकाराम महर्जन, दिलमाया महर्जनलगायतले पार्टीको आठौँ महाधिवेशन सफल पार्न प्रकाशित अपिल आ–आफ्नो ढङ्गले प्रस्तुत गर्नुभएको थियो ।
सोही भेलाले राजवीर डंगोलको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो ।
नयाँ कार्यसमितिलाई केन्द्रीय सदस्य नारायण महर्जनले शपथग्रहण गराउनुभएको थियो ।
Leave a Reply