जारशाही संसद्मा बोल्शेभिक सांसद
- कार्तिक १९, २०८२

अलेक्जेन्डर दुगिनले तर्क गर्छन् कि राष्ट्रको सार्वभौम हृृदयले उदारवादलाई ध्वस्त पार्दै रूसी जनताको रचनात्मक र देशभक्तिपूर्ण भावना जागृत गर्न आह्वान गर्दछ । जसले उनीहरूको साम्राज्यवादी भाग्य सुनिश्चित गर्न मद्दत गर्दछ ।
मेरो विचारमा, आन्तरिक नीतिले दुई सिद्धान्तहरूलाई संयोजन गर्नुपर्छ :
१) देशद्रोह, रसियोफोबिया, उदारवाद, जासुसी, विदेशी एजेन्ट, विषाक्त वोक विचारधाराका समर्थकहरू र भ्रष्टाचारप्रति पूर्ण असहिष्णुता ।
२) कुनै पनि प्रकारको रचनात्मक अन्वेषण, प्रयोग, कल्पनाको स्वतन्त्रता, निष्पक्षता, अडानरहितता र अज्ञाततर्फको छलाङप्रति दृष्टिकोण ।
यसले यो अर्थ लगाउँछ कि एकातिर हामीले स्मर्श (SMERSH) वा ओप्रच्निना (Oprichnina) जस्तै अडिग अडान कायम राख्दै आन्तरिक शत्रुहरूविरुद्धको दमन र दबाबको क्षेत्रलाई तीव्र बनाउनुपर्छ । अर्कोतिर हामीले रूसी विचारको स्वतन्त्र विकासका सबै बाधाहरू हटाउनुपर्छ । हरेक सिर्जनात्मक भावनालाई समर्थन गर्नुपर्छ । जनतामा प्राकृतिक र स्वतस्फूर्त सिर्जनात्मक क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्छ । साथै व्यापक सामाजिक तहहरूलाई सिर्जनात्मक प्रक्रियामा संलग्न गर्नुपर्छ ।
पुटिनले भनेको ‘सारमा सार्वभौमसत्ता’ बारेको कुरा विशेष रूपमा महत्वपूर्ण छ । यो मुख्य कुरा हो । बाह्य रूपमा सार्वभौमसत्ता सुनिश्चित गर्नको लागि उदारवादीहरू, आतङ्ककारीहरू, भ्रष्ट अधिकारीहरू, विदेशी एजेन्टहरू र रुसी राज्य र जनताका अन्य दुश्मनहरूको उन्मूलन गर्न आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा यो पश्चिमविरुद्ध युक्रेनमा विजय हासिल गर्नु हो ।
यद्यपि यो कार्यक्रम खतराहरू र चुनौतीहरूको सामना गर्न केन्द्रित एक नकारात्मक कार्यक्रम हो ।
सकारात्मक कार्यक्रम सार्वभौमिकताको अन्तज्र्ञानमा निहित छ । यसको अर्थ हाम्रो सभ्यतागत पहिचानलाई सिर्जनशीलता, निर्माण र पुष्टिमार्फत प्रकट गर्नुपर्छ । यहाँ कुनै पनि पूर्वनिर्धारित धारणाहरू हुनुहुँदैन । देशभक्तिपूर्ण रूपमा खुला रहनुपर्छ — देशभक्तिका हजारौँ फूलहरू फुल्न दिनुपर्छ । हामीले जनताको सबै प्रकारका देशभक्त विचारलाई पोषण गर्नुपर्छ जबकि कठोर हातल शत्रुतापूर्ण विचारहरूलाई प्रारम्भमै नष्ट गर्नुपर्छ ।
सोभियत युगको समयमा, विशेषगरी यसको अन्तिम चरणमा, यी दुई दिशाहरू आपसमा भ्रम उत्पन्न भए । बाह्य शत्रुप्रति सतर्कता अपनाइए पनि, सकारात्मक एजेन्डाको रूपमा एक रेखीय र स्वयंसिद्ध दृष्टिकोण लागु गरियो । यसले स्थिरता, अलगाव, क्षयीकरण र पतनको अवस्था सिर्जना गर्यो ।
पछि सबै कुरा उल्टियो दुश्मनहरूप्रति सहनशीलता देखाइयो र विषाक्त पश्चिमीकरण र उदारवादलाई आत्मसात गरियो । जबकि सकारात्मक कार्यक्रम उत्तिकै रेखीय र कट्टर रह्यो । यसले सोभियत सङ्घको पतन र एक विपत्ति परिणाम दियो । हामीले दुश्मन र उसको विचारप्रति कुनै सम्झौता नगरी अडिग रहनुपर्छ । जबकि रूसी स्वतन्त्रता, इच्छाशक्ति र सृजनशीलतालाई सक्रिय रूपमा विकास गर्नुपर्छ । अन्य शब्दमा भन्नुपर्दा, हामीले शापित पेरेस्ट्रोइका र पतित, विश्वासघाती १९९० को दशकको ठीक उल्टो गर्नु आवश्यक छ ।
उदारवादीहरूविरुद्ध बदला लिनु आवश्यक छैन किनभने कम्तीमा ती व्यक्तिहरूविरुद्ध भने होइन जसले आफ्नो अपराधी र देशद्रोही भ्रान्तिहरूलाई त्यागेका छन् । तर लिबरलिज्म आफैँ समाप्त गरिनुपर्छ । उदारवाद भनेको रद्द गर्ने संस्कृतिको प्रतिनिधित्व गर्दछ । यदि हामी यसप्रति दया देखाउँछाँै भने, यसले हामीलाई रूसी विचार र परम्परागत मूल्यहरूको दमन र उत्पीडनको रूपमा फर्काउनेछ जतिबेला यसले अवसर पाउँछ । हामीले यसलाई पहिले नै देखेका छौँ । उदारवाद एउटा कुलतान्त्रिक विचारधारा हो जसले आफ्ना विपक्षीहरूको उत्पीडन गर्छ । यो एउटा अतिवादी विचारधारा हो जसले समाजलाई टुक्राउँछ । यो एक रुसविरोधी विचारधारा हो किनकि यसले कुनै पनि सामाजिक अस्तित्व, कुनै पनि एकता अस्वीकृत गर्दछ र रूसी जनताको अवधारणालाई नै अस्वीकार गर्दछ । जसले उनीहरूको अस्तित्वलाई नकार्छ ।
यो एक विषाक्त भ्रम हो ।
अहिले, अमेरिकामा नै उदारवादको खण्डन गरिँदै छ । त्यहाँ पनि यसले यति ठुलो क्षति पु¥याएको छ कि अमेरिकनहरूको धैर्यता चुँडिएको छ । रूसमा, उदारवादीहरूले अझ ठुलो अपराध गरेका छन् । उदारवादमाथि एक न्यायाधीकरण स्थापना गर्नुपर्छ ।
यो पूर्ण रूपमा तार्किक छ किनभने यसका मुख्य पात्रहरू अब खुलेआम हाम्रा शत्रुहरूको पक्षमा उभिएका छन् । जसमा धेरैले युक्रेनी नाजीहरूको साथमा हामीविरुद्ध सिधै लडिरहेका छन् । अन्यहरू यसलाई हरसम्भव तरिकाबाट मद्दत गर्दै छन् — शब्द, क्रिया र स्रोतहरू मार्फत । ‘स्थानान्तरण गर्नेहरू’ को परिघटनाले रूसी उदारवादको सारलाई समेट्छ । यो सिधैँ मानव फोहोर हो । यो सधैँ यस्तो नै थियो, चाहे शक्तिमा होस् या शत्रुको पक्षमा उभिएको होस् । व्यक्तिगत उदारवादीहरूलाई माफी दिन सकिन्छ तर, समूहको रूपमा तिनीहरूलाई पूर्व नाजी अपराधीहरूको जस्तो व्यवहार र सम्मान गर्नुपर्छ । यदि तिनीहरूले पछुतो मानेभने, त्यो भिन्न कुरा हो । तर यदि होइन भने, त्यस अवस्थामा हामीले निर्णायक रूपमा कार्य गर्नुपर्छ । हामीलाई जे आवश्यक छ त्यो हाम्रो समाजको निरन्तर र अपरिवर्तनीय वैचारिक उदारवादीकरणमुक्त गर्नु हो । यो युक्रेनको नाजीकरणमुक्तिको जतिकै अत्यावश्यक छ ।
यो कुरा हामीलाई हाम्रो सार्वभौम स्वतन्त्र हृृदयले भन्छ । साम्राज्य हाम्रो हृृदयमा ढकढकाउँदै छ । यसको आवाज शान्त र कोमल छ । साम्राज्य भनेको केही भित्रको कुरा हो ।
अनुवादः मोहनप्रसाद ज्ञवाली
१) SMERSH (स्मर्श) द्वितीय विश्वयुद्धका दौरान सोभियत सङ्घको एक गुप्तचर संस्था थियो, जसको प्रमुख कार्य जासुस, गद्दार र आन्तरिक खतरा पहिचान गर्नु र तिनीहरूलाई निष्क्रिय गर्नु थियो ।
२) Oprichnina (ओप्रिच्निना) एक गुप्त पुलिस र शासकीय प्रणाली थियो, जुन इवान भयानकले १६औँ शताब्दीमा असहमति दबाउन र निरङ्कुश शक्ति सुदृढ गर्नका लागि स्थापना गरेको थियो ।
अनुवाद : दिनेश
Leave a Reply