जारशाही संसद्मा बोल्शेभिक सांसद–२
- कार्तिक २०, २०८२

प्रभात सेकेन्डरी स्कूलको ४२ औँ वसन्तको अवसरमा विद्यालय परिवार, यहाँको सचेत समुदाय र सहयोगी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वसन्त पर्वको यो बखत प्रभात परिवार पनि वसन्तको उल्लासमा थप उमङ्ग थप्ने प्रयत्न गर्दै छ । यो सुखद् पक्ष हो । शिशिरपछि वसन्त आउँछ भन्ने विश्वास प्रभात परिवार पनि राख्दछ भन्ने उद्घोषको सङ्केतको रूपमा लिनु अन्यथा नहोला !
प्रभात स्कूलले ४२ वसन्त पार गरिरहँदा ४३ वर्ष अगाडि सुरु भएको भक्तपुरको शैक्षिक नवजागरणको स्मरण झन् ताजा हुन्छ । शैक्षिक क्षेत्रमा सरकारको मुख नताकी नयाँ ढङ्गको पाइला चाल्ने प्रयासको नाम नै प्रभात स्कूल हो भन्नु अन्यथा हुनेछैन । हामीले हाम्रा अग्रजहरूबाट इतिहासको गर्भमा लुकेर रहेका सत्यतथ्यबारे अवगत हुने अवसर पाएका छौँ । वि.सं. २०३६ सालमा जनमतसङ्ग्रहको घोषणासँगै नेपाली समाजले केही स्वतन्त्रता पायो । प्रवास जीवन बिताइरहेका हाम्रा श्रद्धेय पार्टी अध्यक्षज्यू, कार्यकर्ताहरू र भूमिगत जीवनबाट राजनीतिक कार्यकर्ताहरू बाहिर आउनुभयो । तत्पश्चात् भक्तपुरमा राजनीतिक गतिविधिका साथै शैक्षिक गतिवधि तीव्र बन्यो । पार्टीको निर्देशनमा हाम्रा अग्रज कार्यकर्ताहरूले शैक्षिक अभियानको ठाउँठाउँमा नेतृत्व गर्नुभयो । बाली काट्ने आन्दोलनभैmँ शैक्षिक नवजागरण अभियान भक्तपुर जिल्लाका सम्पूर्ण भेगमा अगाडि बढाइयो । जनस्तरबाटै प्राथमिक स्कूलहरू गाउँबस्ती र टोलहरूमा सुरु गरिए । त्यही क्रममा जन्म भएको थियो, प्रभात स्कूल । यथार्थमा सङ््गठन र समाजको सामूहिक सिर्जना हो, प्रभात स्कूल ।
प्रभात स्कूल स्थापनामा अगुवाइ गर्ने र निरन्तर सेवा गर्ने हाम्रा अग्रजहरू समाजका आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरूप्रति सम्मान छ । शैक्षिक क्षेत्रबाट समाजको परिवर्तन तथा प्रगतिमा प्रभात स्कूलले पु¥याएको योगदान समाजले अनुभव गर्दै जानेछ । समाजले नै जन्माए – हुर्काएको यो प्रभात स्कूलबाट तयार जनशक्तिबाट समाज र देशको निरन्तर सेवा हुँदै जाने विश्वास लिने प्रशस्त ठाउँ छन् । त्यसका निम्ति विद्यालय तथा शिक्षक परिवारले अझ बढी सुझबुझपूर्ण तरिकाले प्रयास गरे परिणाम निश्चय पनि सकारात्मक हुनेछ ।
शिक्षामा नवउदारवादी नीतिकै कारण शिक्षा महँगो मात्र होइन शिक्षा क्षेत्र खोक्रो पनि बन्दै छ । त्यस्तो अवस्थामा प्रभात स्कूलले शिक्षालाई तुलनात्मक रूपमा सस्तो र सहज बनाउने काम गर्दै छ । कामगरी खाने जनताका सन्तानलाई गुणस्तरीय शिक्षा दिने कार्य प्रभातले गर्दै छ । त्यस अर्थमा हाम्रा अग्रजहरूले शिक्षा क्षेत्रमा नवउदारवादी नीतिको विरोध तथा खण्डन व्यावहारिक ढङ्गमा गर्नुभयो । नवउदारवादी नीति भनेको बहुसङ्ख्यक जनताविरोधी तर मुट्ठीभरका मानिसको पक्षमा हुने भएकोले त्यसको विकल्प प्रस्तुत गर्नुभयो । त्यो सङ्घर्ष आजसम्म निरन्तर जारी छ ।
हिजोको सङ्घर्षको जगमा अगाडि बढेको शैक्षिक अभियानको निरन्तरताकै प्रतिफल स्वरूप ख्वप विश्वविद्यालयका लागि हाम्रो सङ्घर्ष चालु छ । जनविरोधी शासकहरू अभैm जनतालाई सामन्ती शैलीमै हेप्दै छन् र हाकाहाकी पक्षपात गर्दै छन् । शासकहरू फासीवादी मानसिकताबाट प्रभावित भएकै कारण ख्वप विश्वविद्यालय स्वीकृति दिन आनाकानी गरिरहेको जगजाहेर भइसकेको छ । शिक्षालाई माफियाहरू र विदेशी पुँजीका दलालहरूको मुट्ठीमा कैद गर्ने राणाशाही प्रवृत्ति कायम छ । हामी त्यसको विरोध गर्दै छौँ । ख्वप विश्वविद्यालय जनताको सपना हो ।
जनताभन्दा माथि कोही छैनन् । जनताको सपना एकदिन अवश्य साकार हुनेछ । जनतालाई शिक्षाबाट वञ्चित गर्ने राणाशाही ढलेजस्तै ख्वप विश्वविद्यालय नदिन षड्यन्त्र गर्नेहरू पनि जनताबाट तिरस्कृत हुनेछन् ।
विश्व परिदृश्यमाथि सामान्य नजर डुलाउँदा परिस्थिति अत्यन्त जटिल रहेको प्रस्ट देखिन्छ । अमेरिकी राष्ट्रपति ट्रम्प एकपछि अर्को बहुलट्ठीपूर्ण घोषणा गरेर विश्वलाई धम्क्याउँदै छ । केही दिन अगाडि यूएसएआइडी खारेज गर्ने तथा सम्पूर्ण अनुदान रोक्ने घोषणा गरे । अनुदानहरू नरोकेको खण्डमा अमेरिका टाटपल्टिने ट्रम्पका सहयोगी अरबपति व्यापारी एलन मस्कले बताएको सार्वजनिक भयो । अमेरिकाले चीन, क्यानडा, मेक्सिको आदि देशविरुद्ध थप भन्सार कर या व्यापार युद्ध सुरु गरेको घोषणा गरे । अमेरिकाको वर्तमान अवस्था बुझ्न ट्रम्पका पछिल्ला घोषणा र अवस्था हेर्दा प्रस्ट हुन्छ । गाजापट्टी खाली गरेर प्लानिङ गर्ने प्रस्तावले घरजग्गा कम्पनीको मालिकलाई सार्वभौमिकतासँग कुनै चासो नहुने प्रस्ट पार्छ । पनामा नहर कब्जा गर्ने र मेक्सिकोको गल्फको नाम परिवर्तन गरी अमेरिकी गल्फ नामकरण कार्यलाई अशोभनीय दादागिरी नभनी के भन्ने ? अमेरिकाले आप्रवासीहरूलाई पशुलाई भैmँ बाँधेर तिनका सम्बन्धित देशमा फिर्ता पठाउन सुरु ग¥यो । अमेरिकी मानवअधिकारको वास्तविक रूप उदाङ्गो भयो । यी सबैले अमेरिका सपनाको देश होइन कैयौँ सपनाको हत्या गर्ने देशमा पतन हुँदै छ भन्ने प्रमाणित गर्छ । अमेरिकाले चाहेको विश्व प्रभुत्व अब सम्भव छैन र विश्व बहुध्रुवतर्पm लम्किसकेको छ ।
यस परिस्थितिमा नेपाल र नेपाली जनताले आत्मनिर्भरता र आत्मगौरवको भावनामा झन् बढी अडिग हुनुपर्ने आवश्यकता छ । परनिर्भरताले देश बन्दैन र अनुदानले सधैँ भोक मेट्न सकिन्न भन्ने हेक्का अहिले भए पनि नेपाली शासकहरूले राख्नैपर्छ । नेपाली जनताले त बरु प्यालिस्टिनी जनताबाट सिक्न आवश्यक छ । प्यालिस्टिनीहरू ध्वस्त भइसकेको देशलाई उठाउने र जोगाउने सङ्कल्पसहित लड्दै छन् । यी र यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नयाँ पुस्ता र शिक्षकहरूले अध्ययन गरी अगाडि बढेको खण्डमा हाम्रो भोलिको समाज र भविष्यको नेपाल उज्यालो निश्चय पनि हुनेछ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले प्रभात सेकेन्डरी स्कूलको ४३ औँ वार्षिकोत्सव समारोह, फागुन ३ गतेमा व्यक्त गर्नुभएको विचार)
Leave a Reply