अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, १० फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पार्न नेपाल क्रान्तिकारी महिला सङ्घ, तारकेश्वर नगर समितिको आयोजनामा शनिबार महिला कार्यकर्ता भेला भयो ।
भेलामा नेक्रामसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष कमलमैँया सुवालले शासक दलको अकर्मण्यताका कारण रोजगारीको नाममा लाखौँ युवाहरूलाई विदेशिन बाध्य बनाइरहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार पुँजीवादको छायाँजस्तै हुने भएकोले यो व्यवस्थाले भ्रष्टाचार समाप्त गर्न नसकिने उहाँले बताउनुभयो ।
पुँजीवाद र समाजवादको भेदबारे प्रस्ट पार्दै उहाँले समाजवादी व्यवस्थामा मानिसको सबै आवश्यकता राज्यले पूरा गरिदिने हुँदा कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र सुनिश्चित हुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपाको स्थापनाका आधारहरूबारे चर्चा गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वसँग वैचारिक र सैद्धान्तिक मतभेदका कारण २०३१ माघ १० गते नेमकिपा स्थापना भएको बताउनुभयो ।
“नेमकिपाले सत्ताको लागि नभई पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था स्थापनाको निमित्त राजनीतिक सङ्घर्ष गर्दै आएको छ”, उहाँले भन्नुभयो ।
फागुन १६ गते हुन गइरहेको पार्टीको आठौँ महाधिवेशन सफल पार्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न केन्द्रीय सदस्य महर्जनले आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य सुनिता अवालले भनपाले गरिरहेको विविध गतिबारे जानकारी गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष शोभा डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुष्मा महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply