अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन प्रचारार्थ शुक्रबार बाल विकास सेकेन्डरी स्कूलमा शिक्षक–कर्मचारी भेला सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीले स्थापनाकालदेखि नै निःस्वार्थरूपमा देश र जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने उद्देश्यले विभिन्न शैक्षिक संस्था स्थापना गरेको र अहिले पनि सिलसिला जारी रहेको बताउनुभयो ।
माफियाहरूको प्रभावमा परेर सरकारमा जानेहरूले शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक कुरा निजीकरण गर्दा सर्वसाधारण जनताले गुणस्तरीय शिक्षा र उपचार नपाएको अवस्थामा नेमकिपाले जितेको भक्तपुर नपाले कलेज र अस्पताल सञ्चालन गरेर जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले १५ जना विद्यार्थी भएको र पूर्वाधार नै नभएको संस्थालाई विश्वविद्यालय दिनु र ८ हजारभन्दा बढी विद्यार्थी र पर्याप्त भौतिक पूर्वाधार भएको ख्वपलाई विश्वविद्यालयको अनुमति नदिनु शासकहरूको सङ्कीर्ण र पक्षपातपूर्ण सोचको उपज भएको धारणा राख्नुभयो ।
उक्त भेलामा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, जयराम कोजू र सुशीला लवजूले नेमकिपाका गतिविधि र महाधिवेशनबारे चर्चा गर्नुभयो ।
Leave a Reply