भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ९ फागुन । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजना तथा लिशा इङ्गलिस सेकेन्डरी स्कूलको संयोजनमा इसान आबद्ध विद्यालयका विद्यार्थीहरूबिच जिल्लास्तरीय एकल गायन प्रतियोगिता सम्पन्न भयो ।
उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले राम्रो प्रशिक्षकले कलालाई निखार्ने बताउनुभयो । उहाँले सङ्गीतले एक किसिमको उपचार र राम्रो औषधिको रूपमा मद्दत गर्दछ भन्नुभयो ।
इसानका जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुले इसानले विद्यार्थीहरूलाई विभिन्न कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूलाई आफ्नो कला प्रदर्शनी गर्ने मौका दिँदै आएको जानकारी गराउनुभयो ।
लिशा ई. से. स्कूलका प्रिन्सिपल लिशा प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले नयाँ अवसरका साथै नयाँ अनुभव भएको र कार्यक्रम सफल बनाउन सहयोगी सम्पूर्णमा धन्यवाद दिनुभयो ।
इसान तालिम संयोजक कर्णबहादुर प्रजापतिले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा नियम वाचन निर्णायक सुरज कपालीले गर्नुभएको थियो । गायक, लेखक एवं रचनाकार निर्णायक राजकुमार मानन्धरले विद्यार्थीहरूको बलियो पक्ष र सुधार पक्षमा विशेष ध्यानाकार्षण गराउनुभयो । निर्णायक सरोज केसीले पनि आफ्नो मन्तव्य दिनुभएको थियो ।
प्रतियोगितामा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका छात्रा टेरेशा विश्वकर्मा प्रथम, सूर्यदीप सेकेन्डरी स्कूलका छात्र सक्षम नेपाल द्वितीय र हिमालयन ग्लोरी इङ्गलिस सेकेन्डरी स्कूलका छात्रा रेन्चेन लामा तृतीय भएका थिए ।
Leave a Reply