नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेपालस्थित चिनियाँ राजदुतावासको आयोजना चिनियाँ नयाँ वर्ष छिन्चे पर्वको अवसरमा शुक्रबार होटल याक एण्ड यतीमा विशेष साँस्कृतिक कार्यक्रम भयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका नेता, चिनियाँ कुटनीतिक नियोगका अधिकारी र नेपालमा कार्यरत चिनियाँ स्वंयसेवकहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा चीनका युनान प्रान्तका कलाकारहरुले विभिन्न आर्कषक साँस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए । चीनलाई सबै आदिबासी जनजातिको साझ भावना बोकेको देश बनाउने वर्तमान चिनियाँ राष्ट्रपति सी जिङपिङको विचारलाई अभिव्यक्त गर्दै कलाकारहरुले युनान प्रान्तका पच्चिस जनजातिहरुका साँस्कृतिक वैभव झल्किने प्रस्तुति देखाएका थिए ।
उनीहरुले चीनको बेल्ट एण्ड रोड इनिसेटिभलाई चित्रण गरिएको एकता र ऐक्यबद्धताको नृत्य पनि प्रस्तुत गरेका थिए ।
झण्डै साढे दुई घण्टा चलेको कार्यक्रममा नेपाली कलाकारहरुले पनि नेपालका विभिन्न मौलिक आदिबासी नृत्यहरु प्रस्तुत गरेका थिए ।
चिनियाँहरुले नयाँ वर्षलाई आफ्ना आफन्त र परिवारका सदस्यहरुसँगै एकै ठाउँमा भेटेर रमाइलो गरी मनाउने परम्परा छ ।
Leave a Reply