भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
आस्था साँस्कृतिक परिवारको आयोजनामा शुक्रबारबाट भक्तपुर लिवालीस्थित नवनिर्मित आस्था थियटरमा शुरु ‘रानीपोखरीको टेण्डर’ नाटक मञ्चन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । उहाँले थियटरको प्रवेशद्वारमा रिबन काटेर थियटरको पनि औपचारिक उद्घाटन गर्नुभएको थियो ।
भारतीय रङ्गकर्मी अजेय शुक्लाको ‘ताजमहलको टेण्डर’ नाटकलाई नेपालको सन्दर्भमा रुपान्तरण गरी मञ्चित नाटक हेर्न हल खचाखच भरिएको थियो । नाटक अवधिभर दर्शकहरुले नाटकमा देखाइएको रोचक र व्यंग्यात्मक दृश्यका कारण थियटर दर्शकको हाँसोले गुञ्जायमान भएको थियो ।
आस्था थियटर भक्तपुरमा खोलिएको पहिलो नाटक घर हो । झण्डै डेढ सय क्षमता भएको हलमा रानीपोखरीको टेण्डर आइतबारसम्म मञ्चन हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । शनिबार भने बिहान ११ र साँझ ४ बजे गरी दुई सो देखाइने बताइएको छ ।
नाटकमा झण्डै बीस जना कलाकारहरुले प्रभावकारी अभिनय गरेका छन् । उनीहरुले पूँजीवादी बन्दोबस्तको भ्रष्ट कर्मचारीतन्त्रले गर्ने भ्रष्टाचारलाई सशक्त तरिकाले प्रदर्शन गरेका छन् ।
डेढ घण्टा लामो नाटकको निर्देशन कलाकार रमेश प्रजापतिले गरेका छन् ।
Leave a Reply