भर्खरै :

उदय साकोसको स्थापना दिवसमा रक्तदान र आँखा दान

उदय साकोसको स्थापना दिवसमा रक्तदान र आँखा दान

फागुन १९, भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाले सोमबार २९ औँ स्थापना दिवसको अवसरमा रक्तदान र आँखा दान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३२ जना रक्तदाताले रक्तदान गरेको जानकारी संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले दिनुभएको छ ।
नेपाल आँखा बैङ्क तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको आँखा दान कार्यक्रममा ८ पुरुष र ४ महिला गरी १२ जना दाताले मरणोपरान्त आँखाको नानी मनोरणोपरान्त आँखा दान गरेका थिए ।
रामकृष्ण प्रजापति, गणेशमान कोजु, बाबुकाजी प्रजापति, कृष्णराम प्रजापति, विष्णुप्रसाद प्रजापति, राम कुसी, रामकृष्ण प्रजापति, पुण्यराम गोसाई, कमला प्रजापति, अन्जु बाडे, विजयलक्ष्मी प्रजापति र पूजा अवालले मरणोपरान्त आँखाको नानी दान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *