जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
काठमाडौँ, १९ फागुन । त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही चैत ५ गते गर्दै छ ।
त्रिविले प्रकाशित गरेको स्ववियुको निर्वाचन तालिकाअनुसार फागुन १९ गते सङ्घ, सङ्गठन तथा समूह दर्ता गर्ने कार्यक्रम राखेको हो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका क्याम्पसमा सङ्गठन दर्ता गराएको छ । सङ्गठन दर्ता गराउने क्रममा विभिन्न विषयमा छलफल भएको थियो ।
छलफलमा नेक्राविसङ्घका केन्द्रीय सचिव एवं स्ववियु निर्वाचन परिचालन समितिका संयोजक दिनेश खड्गीले निर्वाचनलाई मतदान गर्ने र हारजीतमा सीमित नराखी विद्यार्थीहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने मञ्चको रूपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेक्राविसङ्घले उठाउँदै आएको राष्ट्रिय बजेटको २४ प्रतिशत शिक्षामा लगानी गरेको भए देशका सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउँथे, तर शासक दलहरूले त्यसबारे विचार नगर्दा विद्यार्थी भर्नाको विषयमा विवाद आएको हो, भन्नुभयो ।
उहाँले स्ववियु निर्वाचनलाई राजनीतिक कक्षाको रूपमा सञ्चालन गर्दै विद्यार्थीलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्न सक्ने बनाई नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रतिको नकारात्मक सोचलाई चिर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले नेपालभरिका विभिन्न २१ वटा क्याम्पसमा सङ्गठन दर्ता गराएको छ ।
Leave a Reply