मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २६ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आधारभूत विद्यालय समिति भक्तपुरको २६ औँ वार्षिकोत्सव कार्यक्रम २०८१ को अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै उहाँले विद्यालयहरूले गुणस्तरीय शिक्षाको साथसाथै विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई देशभक्त, समाजसेवी र अनुशासित बनाउनु शिक्षकहरूको कर्तव्य भएको बताउँदै शिक्षा देशको समृद्धिको आधार हो भन्नुभयो ।
श्रमलाई माया गर्ने र श्रमिकलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा शिक्षकहरूलाई तालिम, विद्यालयको भौतिक निर्माणको लागि आर्थिक सहयोगलाई जोड दिँदै आएको बताउनुभयो ।
१२ कक्षा उत्तीर्ण हुने बित्तिकै विद्यार्थीहरू विदेसिनुमा विद्यार्थीहरू मात्र होइनन्, सरकार मुख्यरूपमा दोषी रहेको बताउँदै उहाँले शिक्षकहरूले नयाँ पुस्तालाई उच्च शिक्षासम्म अध्ययन गरी कुनै न कनै विषयमा विशेषज्ञ बनेर नेपालमै बसेर काम गर्न विद्यार्थीलाई उत्साहित गर्नु आवश्यक रहेको बताउनुभयो ।
विद्यार्थीहरूले जहिल्यै आफू प्रथम हुने उद्देश्यका साथ अध्ययन गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीको मेहनत र परिश्रमले उनीहरूलाई सफलता दिलाउने बताउनुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजुले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आधारभूत तह बालबालिकाको प्रारम्भिक बाल विकास तह भएको हुँदा यसलाई बलियो बनाउन सके उपलब्धिमूलक हुने बताउनुभयो । समितिले शिक्षक तथा पेसागत सङ्गठनको हकहितमा काम गर्दै आएको र समितिको कार्यलाई अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्ने नीति लिइएको उहाँले बताउनुभयो ।
समितिका संस्थापक विश्वराम कवांले आधारभूत विद्यालय समिति वि.सं. २०५५ सालमा प्रावि, निमावि समितिको नाममा स्थापना भएको स्मरण गर्दै सामुदायिक विद्यार्थीको शैक्षिक स्तरमा एकरूपता, परीक्षा र बिदामा एकरूपता र विद्यालयका समस्या एकापसमा समन्वय र सहकार्यमा गर्ने उद्देश्यले समिति स्थापना भएको बताउनुभयो ।
आधारभूत विद्यालय समितिका निवर्तमान अध्यक्ष दीपक माकले आधारभूत विद्यालय समिति विद्यार्थी, शिक्षक र अभिभावकको साझा संस्था भएको बताउँदै समिति स्थापनाको २६ वर्ष समयावधिमा समितिले विभिन्न आरोह अवरोध पार गरिसकेको बताउनुभयो । विद्यार्थीको बौद्धिक, नैतिक, सांस्कृतिक, सामाजिक, व्यवहारिक विकासको जिम्मेवारीबोध गर्दै समिति अगाडि बढिरहेको बताउँदै उहाँले पेसागत विषयमा मात्र ध्यान नदिई शिक्षकले विद्यार्थीलाई देशप्रति उत्तरदायी हुन प्रेरित गर्नुपर्छ भन्नुभयो ।
ब्रह्मायणी आविका प्रअ तीर्थलक्ष्मी धन्छा, समितिका सदस्य असलमाया वनमाला र समितिका सदस्य प्रकाश गोसाईले पनि बोल्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि प्रजापति र अन्य अतिथिहरूले आ.वि. समितिमा नवनियुक्त प्रअलाई स्वगत, अवकाश प्राप्त शिक्षक सम्मान, समितिका शिक्षकलाई कदरपत्र, अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
Leave a Reply