‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २७ फागुन । चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवस, बालमैत्री नगर घोषणा तेस्रो वार्षिक उत्सव एवं ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बृहत् अन्तरक्रिया कार्यक्रम स्थानीय नगरपालिकाको सभा हलमा मङ्गलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाले प्रकाशन गरेको कानुनीसङ्ग्रह भाग–१ र भाग २ को पुस्तिका सार्वजनिकीकरण गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाको आयोजनामा नगरकोट महोत्सव हुँदै छ । पर्यटन प्रवद्र्धनमा भूगोल र संस्कृतिको अध्ययन पर्दछ । पर्यटन प्रवद्र्धनमा आएका कतिपय विदेशीले गुप्तचरको काम गर्नेबारे सचेत हुन जरुरी छ ।”
उहाँले स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरण दिनु जरुरी छ† सङ्घ र प्रदेशले हस्तक्षेप गर्न नहुने आवश्यकता औँल्याउँदै भन्नुभयो, “नेपालका ६ लाख ५ वर्ष नाघेका बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भयो । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रलाई विद्यालय पुग्ने वातावरण तयार गर्नु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “ यस वर्ष ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । कामदार वर्गको निम्ति जीवन समर्पण गर्ने जेनी माक्र्स एक वीराङ्गना हुन् । महिलाहरूमा पुरुषलाई भन्दा ४० बढी रोग लाग्नेबारे हामी सचेत हुन आवश्यक छ ।”
“राजनीति देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने मूल नीति हो । राजनीतिक कार्यकर्ता मैनबत्ती जस्तै आफू पग्लेर देश र जनतालाई उज्यालो दिने हो । राजनीतिक कार्यकर्ताले यो तपस्यालाई भङ्ग हुन दिनु हुँदैन ।” उहाँले भन्नुभयो ।
नगरपालिकाले आवास विकास गरी व्यवस्थित गर्न जरुरी छ । निजी प्लटिङलाई निरुत्साहित गर्नु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले झन्डै करोडौँ नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएको देशको हितमा छैन । खाडी मुलुकमा नेपाली चेली सडकमा बिक्रीजस्तै राखिएको संसदीय उपसमितिको प्रतिवेदन नै उपलब्ध छ ।”
उहाँले भन्नुभयो, “सरकारले रासायनिक मल पर्याप्त उपलब्ध गराउन नसकेको लामो भयो । अमेरिकी साम्राज्यवादले युक्रेनमा हतियार पठाएर रुसविरुद्ध युद्ध गराएपछि रुस र युक्रेनबाट नेपालमा रासायनिक मल र गहुँ दिन नसकिने भारतको भनाइ सार्वजनिक भयो ।
“अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौताअनुसार आउने १० अर्ब रुपैयाँ खर्च गरियो । अहिले अमेरिकी अनुदान रोकियो ।” उहाँले भन्नुभयो ।
चाँगुनारायण नगरपालिकाका निवर्तमान नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले सकारात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिका स्थापना र बालमैत्री घोषणा गर्नको लागि खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्वउपप्रमुख बीना बास्तोला, नेपाली काङ्ग्रेसका नगर सभापति शिवहरि केसी, ६ नं. वडाका वडाध्यक्ष धनबहादुर लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगरपालिकाका शाखा प्रमुख नीला घिमिरेले नगरपालिकाको कार्य प्रगति तथा घनश्याम खतिवडाले नगरकोट भ्रमण वर्ष २०८१ को कार्यक्रमको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply