भर्खरै :

स्कूल कलेजमा विद्यार्थीको ड्रपआउट किन ?

स्कूल कलेजमा विद्यार्थीको ड्रपआउट किन ?

जनता शिक्षित हुनु अति आवश्यक छ । शिक्षित भएन भने राम्रो काम वा नोकरी पाउँदैन । तर, स्कुल कलेजहरूमा विद्यार्थी ड्रपआउट अथवा पढ्दापढ्दै छोड्ने चलन बढ्दो छ ।
विशेष गरेर कलेजमा पुगेपछि विद्यार्थीहरूले शिक्षालाई भन्दा आर्थिक अवस्थालाई राम्रो बनाउनेतिर लाग्छन् । त्यो कारणले गर्दा विद्यार्थीहरूले स्नातक तहसम्म आउँदा ड्रपआउट गर्छन् ।
ड्रपआउट हुनुको मुख्य कारण भनेको आर्थिक अभाव, पारिवारिक जिम्मेवारीहरू, रोजगारीको अवसर, उपयुक्त मार्गदर्शनको कमी, शैक्षिक दबाब, अध्ययनमा चासोको कमी आदि कारण रहेको देखिन्छ । त्यो समयमा विद्यार्थीहरूलाई शिक्षालाई भन्दा पनि आर्थिक अवस्था राम्रो बनाउनेतिर लाग्छन् । त्यसैले विद्यार्थीले शिक्षालाई भन्दा पनि आफ्नो आर्थिक समस्या सुधार गर्ने र परिवारको जिम्मेवारीलाई कम गर्नको निमित्त आफ्नो कर्तव्यप्रति बढि ध्यानाकर्षण हुन्छन् ।
पहिलो तहमा फेल भएको कारणले गर्दा पनि आफ्नो शिक्षालाई निरन्तरता दिने भावना कम हुँदै जान्छन् । स्नातक तहमा विद्यार्थीहरूको सङ्ख्या घट्न नदिनको लागि विभिन्न प्रयासहरू गर्न सकिन्छन् । विद्यार्थीहरूलाई आर्थिक सहायता हुने क्रियाकलाप गर्नेजस्तै छात्रवृत्ति दिने, अनुदान वा कम ब्याजदरमा ऋण प्रदान गर्ने गर्दा पनि विद्यार्थीलाई आर्थिक बोझलाई घटाउनेजस्ता कार्यहरू गर्न सकिन्छ । शैक्षिक परामर्शको सेवालाई नियमित रूपमा विद्यार्थीहरूलाई सही मार्गदर्शन दिनसक्ने कार्यक्रम गर्ने, विद्यार्थीहरूलाई मानसिक तनाव, आत्मविश्वास विकास र अध्ययनमा चासो बढाउने सल्लाह सुझाव आदि दिने गर्नुपर्छ । सबै विद्यार्थीहरूको भावना आदिलाई अध्ययन गरेर पनि उच्च शिक्षामा विद्यार्थीको ड्रपआउटलाई नियन्त्रण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *