अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर , १ चैत । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, प्रभात एकाइ समितिको आयोजनामा शुक्रबार शिक्षकहरूबिच अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सचिव तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेशका सांसद सृजना सैंजूले राजनीतिक र आर्थिकरूपले सक्षम नभएसम्म कुनै पनि महिला सशक्त हुन नसक्ने भएकोले हरेक महिलाले राजनीतिक विचार र अन्तर्राष्ट्रिय नेतृत्वहरूले गरेका महत्वपूर्ण कार्यको अध्ययन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले तीन दशक अगाडिसम्म विद्यालय नदेखेको महिलाको बाहुल्य रहेको हाम्रो भक्तपुरमा महिलाहरू विद्यालय सम्हाल्ने स्थानमा पुग्नु, अधिकांस विद्यालयमा अधिकतम महिला शिक्षक हुनु समाज परिवर्तनको द्योतक भएको बताउनुभयो ।
केन्द्रीय सदस्य सैंजूले भन्नुभयो, “हामी शिक्षक भएर आफ्नो व्यक्तित्व विकास गर्नुका साथै विद्यालय, समाज र देशको निम्ति योगदान पु¥याउने कामतर्फ लाग्नु पनि जरुरी छ । नेपालका दूरदराजका महिलाहरू आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन हुनसकेको छैन । पश्चिम नेपालका हरेक घरबाट भारतलगायत अन्य वैदेशिक रोजगारीमा जान विवस छन्, गाउँघर र कृषि, महिलाबाटै सम्हालेको अवस्था छन् ।”
नेक्रामहिलासङ्घ, प्रभात एकाइ समितिका अध्यक्ष मिरा दुगुजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहप्राचार्य स्वर्णिमा मूलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा क्लारा जेट्किन, जेनी माक्र्स, अन्ना लुइस स्ट्रङ, नादेज्दा क्रुप्सकायलगायतका अन्तर्राष्ट्रिय महिला नेतृहरूको जीवन सङ्घर्ष र योगदानबारे शिक्षकहरू सुनिता दुवाल, पुष्पा अवाल, चण्डेश्वरी किसी, बिबेता बमनु, मीरा दुगुजु लगायतले प्रस्तुतीकरण गर्नुभएको थियो ।
Leave a Reply