अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १ चैत । वागीश्वरी कलेजमा शिक्षक क्षमता अभिवृद्धि गर्न डिजिटल पेडागोजीसम्बन्धी तीनदिने तालिम शुक्रबारबाट सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको डिजिटलाइेसन प्रोग्रामअन्तर्गत कलेजद्वारा आयोजित उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिमको महत्वमाथि प्रकाश पार्दै सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त सीपलाई आफ्नो अध्यापनमा उपयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक रोमकान्त पाण्डेले डिजिटल युगमा शिक्षा शिक्षण पनि सोही अनुरूपको नभए युग सुहाउँदो जनशक्ति उत्पादन नहुनेमात्र नभई त्यो सीपविनाका शिक्षक नयाँ पुस्तामा टिक्न पनि नसकिने विचार व्यक्त गर्नुभयो ।
तालिम सञ्चालनपूर्व सहभागीहरूको तर्फबाट कलेजको व्यवस्थापन सङ्काय इन्चार्ज बब्लुकुमार राउतले पनि बोल्नुभएको उक्त तालिममा ४० जना शिक्षकहरूको सहभागिता रहेको थियो ।
Leave a Reply