भर्खरै :

स्ववियु निर्वाचन

स्ववियु निर्वाचन

लघु कथा

नमस्कार ! साथीहरू यही चैत ५ गते हुने स्ववियु निर्वाचनमा हाम्रो नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सार्थीहरूको प्यानललाई मत दिएर अत्यधिक बहुमतले जिताउनुहोस् है ! यो गलत व्यक्ति सरकार र अन्तर्राष्ट्रिय शक्तिसँग नझुक्ने देशको एक मात्र स्वच्छ छवि भएको, कम्युनिस्ट सिद्धान्त र विचारमा चट्टानझैँ अडिग भएर देश र जनताको निःस्वार्थ सेवा गरिरहेको नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन हो । स्ववियु निर्वाचनमा नेक्राविसङ्घको तर्फबाट अध्यक्ष पदमा लडेको सिम्रिकाले स्नातक पढ्दै गरेका क्याम्पसको चौरमा सँगै घाम तापेर गफिँदै गरेका साथी दिपिका र सङ्गीतासँगै मत माग्दै अनुरोध गरिन् । उनको साथमा केही उम्मेदवार विद्यार्थी साथीहरू पनि थिए ।
हामीलाई त निर्वाचन, राजनीति, साजनीतिसँग केही मतलव छैन, थाहा पनि छैन । हामी त मत हाल्न आउँदैनाँै । हाम्रो काम त पढेर उच्चशिक्षा हासिल गर्ने हो । अनि पढ्ने नाममा विदेश गएर, विदेशीको काम गरेर कमाउने हो । उनीहरूले नलुकाइकन सिम्रिकालाई मनको कुरा पोखे । उनीहरूको मनको बहस सुनेपछि सम्झाउँदै सचेत पार्दै सिम्रिकाले भनिन्† कुरा त्यसो होइन साथी । हामीजस्ता पढेलेखेका, शिक्षित भनिएका महिलाहरू नै पढ्नुको साथै राजनीतिमा आएनौँ भने क्याम्पसमा देशमा खराब मान्छेहरू विभिन्न आवरणमा पैसा बाँडेर जितेर आउँछन् । परिणाम आज देशले भोग्दै छ, हामीले भोग्दै छौँ । हाम्रो व्यक्तित्वको विकास कसरी हुन्छ ? अनि न्यायको लागि कसरी लड्न सक्षम हुन्छौँ ? हामी महिलाले पनि देशको रक्षा गर्न कसरी लड्न सक्षम हुन्छौँ ? त्यसैले हामी महिला विद्यार्थीहरू पनि देश र जनताको सेवामा लाग्नुपर्छ । त्यही भएर म यो स्ववियु निर्वाचनमा लड्दै छु । त्यसैले पनि मेरो नेतृत्वको नेक्राविसङ्घको साथीहरूको प्यानललाई मत दिएर जिताउनुस् है भन्दै अपिल दिएर उनीहरू त्यहाँबाट प्रचार गर्न मत माग्न अन्यत्र गए ।
आहा ! उनको हँसिलो, तेजिलो, निडर मुहार, उनको देशभक्ति विचार र कुरा गर्ने शैली कति राम्रो छ है । उनी कति जुझारु छिन् । आफू जन्मे, हुर्केको माटोलाई माया गर्न छोडेर विदेशी माटोको सेवा गर्ने हाम्रो विचार पनि विश्वासघात, देशघातजस्तै रहेछ है ! अब हाम्रो विदेश जाने विचारमा पुनः विचार गर्नुपर्ला । सिम्रिकाको नेक्राविसङ्घको टोलीलाई मत दिएर सघाउनु पर्ला भन्दै दुवै पढ्न कक्षाकोठातिर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *