स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
दक्षिण कोरियाको प्योङचाङ सहरमा भइरहेको शीतकालीन ओलम्पिकका केही खेलमा प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरिया र दक्षिण कोरियाको संयुक्त टीम बनाएर खेल्ने निधो भएदेखि दुई कोरियाबीचको सम्बन्ध सुधारको दिशामा अगाडि बढ्यो । प्रजग कोरियाका सर्वाेच्च नेता किम जोङ उनले नया“ वर्षको विशेष सम्बोधनमा प्योङयाङ ओलम्पिकमा केही खेलमा संयुक्त टीम बनाउने र दक्षिणसित सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । दक्षिण कोरियाको प्योङचाङ सहरमा भइरहेको शीतकालीन ओलम्पिकका केही खेलमा प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरिया र दक्षिण कोरियाको संयुक्त टीम बनाएर खेल्ने निधो भएदेखि दुई कोरियाबीचको सम्बन्ध सुधारको दिशामा अगाडि बढ्यो । प्रजग कोरियाका सर्वाेच्च नेता किम जोङ उनले नया“ वर्षको विशेष सम्बोधनमा प्योङयाङ ओलम्पिकमा केही खेलमा संयुक्त टीम बनाउने र दक्षिणसित सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । त्यस लगत्तै विभिन्न चरणमा दुई कोरियाका अधिकारीहरूबीच वार्ता भयो । हकीलगायत विभिन्न खेलमा संयुक्त टीम बने । प्योङचाङ ओलम्पिकमा खेल्ने खेलाडीमात्र खेलाडीको हौसला बढाउने चियर लिडरको टोली र सरकारी अधिकारीहरूको टोलीसमेत उत्तर कोरियाले दक्षिणमा पठायो । त्यत्तिमात्र नभई प्रजग कोरियाले आफ्नो देशको संसदका अध्यक्ष नेता किम योङ नामको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल नै प्योङचाङ ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन पठायो । प्रजग कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले सो अवसरमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र प्रधानमन्त्री लि नाक योनसित सौहार्दपूर्ण वातावरणमा शिष्टाचार भेटवार्ता ग¥यो । सोही क्रममा उच्चस्तरीय प्रतिनिधिमण्डलका एक सदस्य कोरियाली मजदुर पार्टी केन्द्रीय समितिका पोलिटव्युरो सदस्य एवम् नातामा सर्वाेच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोङले सर्वाेच्च नेताले दक्षिण कोरियाली राष्ट्रपतिलाई प्योङयाङ भ्रमण गर्न दिएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो । दक्षिण कोरियाली राष्ट्रपतिले भ्रमण गर्ने वचन नदिए तापनि खुसी व्यक्त गरेको समाचार आयो र दुई देशबीचको तनाव मत्थर भई शान्ति वार्ता अगाडि बढ्ने छनक देखियो । यी घटनाको लगत्तै संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरियाली प्रायःद्वीपलाई आणविक अस्त्र मुक्त पार्न उत्तर कोरियासत विनाशर्त वार्ता गर्न अमेरिका तयार छ भने । अमेरिकी उपराष्ट्रपतिको भनाइमा वार्ता गर्नेभन्दा पनि सुधारतिर अगाडि बढ्न खोजेको दुई कोरियाबीचको सम्बन्ध बिगार्ने नियत प्रस्ट छ । कोरियाको शान्तिपूर्ण पुनः एकीकरण र संरा अमेरिका–प्रजग कोरियाबीच अनाक्रमणको सन्धि नभएसम्म प्रजग कोरियाले आफ्नो आत्मरक्षाको लागि निर्माण गरेको आणविक अस्त्र त्याग्ने छैन । विगतमा दक्षिण कोरियामा राष्ट्रपति किम दाय जुङ हु“दा पनि धेरै अगाडि बढेको दुई कोरियाको एकीकरण प्रक्रिया संरा अमेरिकाले बिगारेको थियो । ट्रम्पको के संरा अमेरिकी प्रशासनले मुन जाय इनलाई अगाडि बढ्न दिइएला ? अन्तर्राष्ट्रिय विश्लेषकहरू प्रश्न गर्छन् ।
–प्रकाश
Leave a Reply