समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२

चाँगुनारायण नगरपालिकाले चानपा – ५ र ७ को बिचमा अवस्थित खरीपाटी व्यारेकसँगै कमलविनायक नगरकोट सडकमा लाखौँ रकम खर्चेर ढोका (गेट) निर्माण गर्ने कार्य थालनी गरेको छ ।
उक्त स्थानमा गेट (ढोका) निर्माण गर्नु आवश्यक छ या छैन भन्ने विषयमा व्यापक चर्चा भइरहेको छ । कसैले आवश्यकता छ भनेका थिए भने कसैले आवश्यकै छैन भने । कसैले त्यसको सट्टामा त्यतिकै लागतमा मानिसहरूको आधारभूत आवश्यकताका क्षेत्र शिक्षामा लगाएको भए नगरवासीहरूको हित हुने थियो भनेका थिए भने कसैले त्यतिकै लागतमा खानेपानी योजनामा खर्चेको भए पानीको अभावमा काकाकुल भएका नगरवासीहरूको शुद्ध पिउने पानीको व्यवस्था हुने थियो होला भनी गुनासो गरेका थिए । कसै–कसैले त ढल निकास र उपचार पोखरीको बन्दोबस्त गरिदिएको भए राम्रो हुने धारणा व्यक्त गरे ।
त्यस स्थानमा ढोका निर्माण गर्ने प्रस्ताव ल्याउने र स्वीकृति गर्ने जनप्रतिनिधिहरूको मनसायमा खोट देखिन्छ । उत्पादनशील क्षेत्रमा लगानी नगरी अनुत्पादनशील क्षेत्रमा लगानी गरेको बताइएको छ । उत्पादनशील क्षेत्र भन्नाले कृषि क्षेत्र, स–साना उद्योग, सीप र रोजगारमूलक तालिम ।
चाँगुनारायण नगरपालिकाले अनावश्यक स्थानमा ढोका निर्माण गर्ने चानपा – ६ र ७ को बिचमा रहेको रानीझोलामा वनविनाश गर्नुका साथै भक्तपुर नगरपालिका, चानपा – ५, ६ र ७ का नगरवासीहरूले खाइपाई आएको खानेपानी फोहोर र दुषित हुने गरी झोलुङ्गे पुल निर्माण गर्ने चानपा ७ को मझुवामा खेलकुद मैदान निर्माण गरी नगरवासीहरूको कर र देशकै बजेट खर्चेको देखिन्छ ।
Leave a Reply