मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
‘मलेसियामा कागजातविहीन नेपालीको कारुणिक कथा’ (कान्तिपुर, १३ चैत २०८१) को समाचारअनुसार विभिन्न देशमा अनेकौँ म्यानपावर कम्पनीहरू (आधुनिक गल्लावालहरू) ले हजारौँ नेपाली कामदारलाई विदेशमा अलपत्र पारेका छन् । मलेसिया एक पुँजीवादी देश हो । त्यहाँका पुँजीपतिवर्ग र कारखानेदारहरूलाई धर्म–कर्मसँग मतलब छैन, सबै कामदारहरूलाई चुस्छन् र पिस्छन् ।
बिरामी कामदारहरू उपचारबिना छटपटाइरहेका छन् । ती गल्लावालहरूले लाखौँ रूपैयाँ लिएर नेपाली ज्यामीहरूलाई अलपत्र पार्दै छन् । ती गल्लावाल कम्पनीहरू सम्भवतः प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अनि सचिवहरूकै कम्पनी हुन् भन्ने तर्कले साबित गर्छ । त्यस्तो होइन भने हजारौँ लाखौँ नेपाली युवा र कामदारहरूलाई अकालमा मार्नेजस्ता काम गर्ने म्यानपावर कम्पनीहरूलाई किन कारबाही गर्दैनन् ?
मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सिना भन्छन्, “कागजातविहीनलाई एम्बुलेन्सले पनि लैजाँदैन ।” तर, ती नेपालीलाई विदेश पु¥याइदिने म्यानपावर कम्पनीहरू वा गल्लावालहरूमाथि किन कारबाहीको सिफारिस गर्दैनन् ? यस्तो स्थिति लाखौँ नेपालीहरूको छ । नेपाल सरकार र नेपाली राजदूतहरूको के काम ? त्यसबारे छानबिन गर्न सरकारलाई सहयोग गर्नुपर्दैन ? खाली मोटो रकम र सहुलियत लिएर मेचमा बस्न पाइन्छ भन्ने प्रश्न जनतामा व्यापक छ ।
xxx
नेपाली काङ्ग्रेस र एमाले नेताहरूकै कारण केही व्यापारी, उद्योगपति, कालाबजारी एवं ठेकेदारहरूको निर्णयलाई नै देशको योजना बनाउने र नेपाल राष्ट्र बैङ्कको ठुलो पद र गभर्नरमा सिफारिस गर्नुजस्तो लाचारी र अपराध अरु के होला ? के यो देशको बर्बादी होइन ?
xxx
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई ल्याएकोमा काठमाडौँमा विरोध भयो । कुलमान घिसिङबारे अनेक भित्री समर्थनका कारणहरू पनि होलान् । तर, ऊर्जामन्त्री आफैँ ठुलो भ्रष्टाचारी र सार्वजनिक जग्गा हडप्ने व्यक्तिबाट कारबाही अगाडि बढाउँदा सरकारकै दोष बढी हुन्छ अर्थात् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले प्रधानमन्त्री ओलीमाथि नै दोष जान्छ । कसैले सरकारको निर्णयमाथि असहमत भएमा ती मन्त्रीहरूले तत्काल राजीनामा दिएर पार्टीबाट समेत अलग हुनु नैतिक र व्यवहारिक हुने थियो ।
फोहर थालमा फोहोर वस्तु खाँदै र त्यसैलाई घृणा गर्दै मन्त्री पदमा बस्नु अत्यन्त लज्जास्पद विषय हो । ‘मोही माग्ने ढुङ्ग्रो लुकाउनु’ नकच्चरोपन हो । मन्त्री र शासक दलका नेताहरूमा यसबारे गम्भीर जानकारी राख्नु आवश्यक छ ।
विद्युत् प्राधिकारणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाइ पनि आश्चर्यजनक छ , “भारतबाट थप बिजुली ल्याएर भए पनि उद्योगमा लोडसेडिङ हुन दिन्नँ” (कान्तिपुर, १३ चैत २०८१) । जनताको घर–घरमा पनि लोडसेडिङ गर्नु हुन्न । देशले जलविद्युत्मा मनग्य प्रगति गरेको प्रचार गर्ने तर पुनः भारतसँगै बिजुली माग्ने कस्तो उल्टो नीति हो ?
नेपालको जलविद्युत्को प्रसारण केन्द्र भारतमा राख्न दिने प्रचण्डको एमाओवादीका प्रधानमन्त्री बाबुराम भट्टराईसँग सोध्नुपर्ने प्रश्न हो – नेपालको सेफ र साँचो भारतमा राख्नु देशलाई भारतमा सुम्पनु होइन ? ‘जनयुद्ध’ नामको भारतबाट निर्यात गरिएको नेपालको गृहयुद्धको उद्देश्यकै निम्ति ‘एमाओवादी’ गतिविधि साबित भएन ?
यसकारण, नेपालको बर्बादीको कारण आज र हिजोका शासक दलका नेता र सरकारका मन्त्रीहरू नै हुन् । तिनीहरूले नेपाली जनताको होइन विदेशी एकाधिकार पुँजीको सेवा गरेका हुन् भन्ने साबित हुँदै छ ।
Leave a Reply