नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
अलेक्सेइ माक्सिमोभिच पेश्कोभको लेखकीय नाम माक्सिम गोर्की हो । समाजवादी यथार्थवादी साहित्यका जन्मदाता विश्व प्रसिद्ध रसियाली साहित्यकार गोर्की २८ मार्च १८६८ का दिन भोल्गा नदीको किनारामा पर्ने निइनी नोभ्गोरोद भन्ने ठाउँमा जन्मेका थिए । उनका पिता माक्सिम पेश्कोभ सिकर्मी थिए । गोर्की चारै वर्षको हुँदा उनका पिताको मृत्यु भयो र उनी सात वर्षको पुग्दा नपुग्दै आमाले पनि उनलाई छाडेर गइन् । टुहुरा गोर्की आफ्ना निर्दयी हजुरबाका संरक्षणमा हुर्के । उनकी हजुरआमा भने उनलाई ज्यादै माया गर्थिन् । सन् १८८० मा उनी घरबाट भागेर कामको खोजीमा रसियाली साम्राज्यका विभिन्न ठाउँको पैदल यात्रा गरे । गोर्कीले बालखैदेखि भाँडा माझ्ने, जुत्ता सिउने, खाना बनाउनेजस्ता काम गरेर आफ्नो खर्च आफै जुटाउनुपथ्र्यो ।
गोर्कीले भोल्गा नदीमा चल्ने जहाजको भुईँ सफा गर्ने र भाँडा माझ्ने काम गरेका बेला उनको जीवनमा एउटा सुखद अवसर प्राप्त भयो । यो उनको जीवनको अति महत्वपूर्ण क्षण थियो । जहाजमा खाना बनाउने भान्सेले गोर्कीलाई पढ्न सिकाइदियो र ऊ आफैँ राम्रा–राम्रा पुस्तक पढेर गोर्कीलाई सुनाउने गथ्र्यो । भान्सेसँग रसियाली साहित्यका उत्कृष्ट पुस्तक थिए । ती पुस्तक गोर्कीले अध्ययन गर्ने सुअवसर पाए । उनका बाल्यकालका यी अनुभव नै भविष्यमा उनका लेखनका विषयवस्तु बने ।
सानै उमेरमा काम खोज्दै, अनेक किसिमका हण्डर खाँदै गोर्कीले रसियाका विभिन्न ठाउँ चहारे । जीवन धान्न बाल्यकालदेखि अनेकौँ काम गर्न सक्ने परिश्रमी गोर्कीलाई शारीरिक श्रमको महत्व राम्रोसँग थाहा थियो । सन् १८८४ मा घुम्दै उनी कजान पुगे । कजानमा उनको प्रगतिशील बुद्धिजीवी र क्रान्तिकारी युवकसँग भेट भयो । त्यसैबेला उनले कार्ल माक्र्सको प्रसिद्ध कृति पुँजी (Capital) पढे । सन् १८८९ सम्ममा उनले विभिन्न उत्कृष्ट विदेशी कृति पढिसकेका थिए । १८९१ मा गोर्कीले सर्वप्रथम रुसको लामो पैदल यात्रा पूरा गरे । यसै यात्राको अनुभवबाट उनले मकार चुद्रा (१८९२), बुढी इत्सेर्गिल (१८९४), चेल्काश (१८९४) जस्ता कथा लेखे । सन् १९०१ मा जीवन भन्ने पत्रिकामा गोर्कीको ‘आँधीमय पेत्रेल चरो’ (The Stormy Petrel) छापियो । यस कथाले रसियामा क्रान्तिको सङ्केत गरेको भन्ने आरोपमा उनी थुनामा परे र पत्रिका पनि प्रतिबन्धित गरियो ।
सन् १९०२ मा गोर्की रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानका सदस्य निर्वाचित भए । जार सरकारले गोर्कीको निर्वाचनलाई अस्वीकार गरेको हुँदा प्रतिष्ठानका विशिष्ट सदस्य देखे र कोरोलेङ्कोले पनि प्रतिष्ठानबाट राजीनामा दिए । १९०५ को रसियाली क्रान्तिमा पूर्णरूपले भाग लिएको र सरकारविरोधी रचना छपाएको हुँदा गोर्कीलाई गिरफ्तार गरियो । उनी थुनामा परेपछि देश र विदेशमा समेत गोर्कीलाई मुक्ति दिने चर्को आवाज फैलिन थाल्यो । प्रसिद्ध फ्रान्सेली साहित्यकार अनातोले फ्रान्सले लेखे – गोर्कीको समस्या हामी सबैको समस्या हो । गोर्कीजस्ता प्रतिभा कुनै एउटा देशका मात्र नभएर सम्पूर्ण विश्वकै हुन् । सारा सन्सार उनको मुक्ति चाहन्छ आखिर रसियाली जार सरकारले गोर्कीलाई कारागारबाट मुक्ति दिनुप¥यो ।
सन् १९०५ को क्रान्ति असफल भएपछि रुसी सामाजिक जनवादी पार्टीको आदेश लिएर गोर्की विदेश भ्रमण गर्न भनी रुसबाट निस्के । क्रान्तिको निम्ति चन्दा उठाउन उनी फिनल्यान्ड, स्विडेन, जर्मनी र फ्रान्स घुम्दै संयुक्त राज्य अमेरिकातिर लागे । त्यसैताका उनले विश्वविख्यात उपन्यास आमा पनि लेख्न थालेका थिए । संयुक्त राज्य अमेरिकाको भ्रमणको अवसरमा १९०७ को गृष्ममा उनले आमा लेखेर सिध्याए । यो उपन्यास सर्वप्रथम एपल्टन म्यागजिनमा अङ्ग्रेजी भाषामा क्रमशः प्रकाशित भयो । १९०७ मा गोर्की एसियाली सामाजिक प्रजातन्त्र दलको अधिवेसनमा लन्डन गए, त्यही लेनिनसँग उनको भेट भयो । लेनिनले ‘आमा’ उपन्यासको प्रशंसा गरे र यसलाई अत्यन्त आवश्यक र सामयिक पुस्तक भने । लेभ तल्सतोइ र अन्तोन चेखोवसँग पनि उनी निकटतम सम्पर्कमा रहन्थे ।
आमाले बिसौँ शताब्दीको प्रारम्भमा रसियाली मजदुर र कारखानाका मालिकका बिचको वास्तविक वर्गसङ्घर्षको चित्र प्रस्तुत गरिएको छ । यसको मुख्य पात्र पाभेल भ्लासोभको जीवन सोर्मोभोको कारखानामा काम गर्ने मजदुर प्योत्र जालोमोभको जीवनमा आधारित छ । पाभेलकी आमा निलोभ्ना आफ्नो छोरा र उसका अरू मजदुर साथीले गरेको क्रान्तिलाई सघाउ पु¥याउँछे र सारा सोभियत जनतालाई आफ्नै सन्तान ठान्दछे । वास्तवमा पाभेल र उसकी आमा निलोभ्ना नै निम्नवर्गीय एसियाली जनताका साँचा प्रतिनिधि र समाजवादी क्रान्तिका प्रेरणाका स्रोत हुन् । पाभेलका क्रान्तिकारी भाषण छापेका पर्चा बाँड्न भनी उसकी आमा रेलमा चढ्छे । उसलाई चारैतिरबाट गुप्तचर प्रहरीले घेरिसकेका हुन्छन् । उसका टाउकामा प्रहरीका फलामे डण्डीहरू जतिसुकै बर्से पनि ऊ सचेत र निर्भीक भएर धैर्यपूर्वक पर्चाहरू बाँडिरहन्थे । यसरी उपन्यासको अन्त्य हुन्छ ।
गोर्की विश्वका निम्न वर्गीय जनताका अत्यधिक प्रिय व्यक्ति, रसियाली सर्वहारा क्रान्तिका अगुवा महान् साहित्यकार हुन् । उनको युग रसियाली समाजवादी क्रान्तिको युग र जनताको पुनर्जागरणको युग थियो । जीवनभर व्यथै व्यथा बोकेका गोर्कीले आर्थिक र राजनीतिक रूपले पिल्सिएका बहुसङ्ख्यक रसियाली जनताको उत्पीडनलाई आफ्ना रचनामा औधी मार्मिक ढङ्गले चित्रण गरेका छन् । लण्डनको अधिवेशनपछि उनले स्वीकारोक्ति, बाल्यकाल, मात्भेइ कोझेम्याकिनको जीवन र इटालीका कथा लेखे । त्यसपछि उनी स्वदेश फिरे । उनले बोल्सेभिक दलका क्रान्तिकारी कार्यमा पूर्णरूपले भाग लिए । १९१७ को अक्टोबर क्रान्ति सफल भएपछि तुरुन्तै सम्पूर्ण कार्यको व्यवस्था मिल्न नसकी हुन गएका बेथितिप्रति गोर्की विक्षुब्ध भए र उनले रसियाली निर्दयता (Russian Cruelty, १९२२) जस्ता रचना लेखे । त्यसपछि उनी फेरि विदेश हिँडे । साम्यवादी रुसको प्रथम पाँच वर्षे योजना सफल भएपछि १९२८ मा उनी रुस फिरे र फेरि साम्यवादी दलमा सम्मिलित भए ।
सन् १९३४ मा उनी सोभियत लेखक सङ्घका सभापति चुनिए । लेनिनको मृत्युपछि स्तालिनको नीतिलाई पूर्ण समर्थन गर्दै गोर्कीले रचना लेखिरहे । पाँच पटकसम्म विश्व प्रसिद्ध नोबेल पुरस्कारको मनोनयनमा परेका गोर्कीको मस्को अस्पतालमा उपचार हुँदाहुँदै १८ जून १९३६ का दिन अकस्मात् रहस्यात्मक निधन भयो । निम्नलिखित उनका विश्वविख्यात कृति हुन्।
उपन्यासः १) फोमा गर्देएभ (Foma Gordeyev, १८९९), २) तीन मान्छेहरू (The Three, १९०१), ३) आमा (Mother, १९०६), (४) क्लिम साम्गिनको जीवन (The Life of Klim Samgin, १९३८) (५) मेरो विश्वविद्यालय (My Universities) र (६) मान्छेहरूका माझमा (My Apprenticeship) । Mother को नेपाली अनुवाद आमा शीर्षकमा राजेन्द्र मास्केले गर्नुभएको छ भने My Apprenticeship को नेपाली अनुवाद मान्छेहरूका माझमा शीर्षकमा सुदर्शन देवकोटाले गर्नुभएको छ । दुवै पुस्तक सोझै रसियाली भाषाबाट नेपालीमा अनुवाद गरिएका हुन् ।
नाटकः १) निकृष्ट खाल्टो (The Lower Depths, १९०२), येगोर बुलीचेभ (Negor Bulychev, १९३२) र भास्सा झेलेजोब्ना (Vassa Zheleznova) । ‘भास्सा झेलेजोनोभा’ को नेपाली अनुवाद त्यही शीर्षकमा खगेन्द्र सङ्ग्रौलाले गरेका छन् ।
नुनिलो सिम्सारमा (१८९३), चेल्काश (१९९४), बाजको गीत (१८९५), कलुशा (१८९५), कवि (१८९६), भान्का मानिज (१८९७), छब्बिस लोग्नेमान्छे र एउटी केटी (१८९९), आँधीमय पेत्रेल चराको गीत (१९०१) आदि गोर्कीका विश्वविख्यात कथाहरू हुन् । उनको संस्मरणात्मक उपन्यास (My Universities) को नेपाली अनुवाद ‘मेरो विश्वविद्यालय’ शीर्षकमा कृष्णप्रकाश श्रेष्ठले गर्नुभएको छ । म्याक्सिम गोर्कीको बाल्यकाल (The Childhood of Maxim Gorky) नाउँको फिल्मसमेत बनेको छ ।
रूसमा १९१७ मा तत्कालीन समाजवादी क्रान्ति सम्पन्न गर्न, सोभियत सङ्घ स्थापना गर्न र त्यसलाई सही बाटोमा डो¥याउन समाजवादी साहित्यको विकास गर्दै जनताको सोभियतलाई बलियो बनाउन, टिकाउन र अझ अघि बढाउन प्रसिद्ध रुसी साहित्यकार म्याक्सिम गोर्कीले जुन अभूतपूर्व भूमिका खेले त्यो विश्वमै सदा सर्वदा स्मरणीय र प्रेरणादायी रहेको छ र रहिरहनेछ ।
वास्तवमा म्याक्सिम गोर्की सारा संसारभरिका मेहनत मजदुरी गर्ने जनसमुदायका महान् लेखक तथा साहित्यकार थिए । उनले रुसमा मजदुर वर्गको पूरै क्रान्तिकारी कार्यकालभरि अक्टोबर समाजवादी क्रान्ति र त्यसपछि समाजवादको निर्माणसम्मको लामो कालखण्डमा आफ्ना कथा, उपन्यास, नाटक र लेखहरूको माध्यमद्वारा कदम कदममा श्रमजीवी जनतामाथि विद्यमान शोषणकारी सङ्कटपूर्ण परिस्थितिविरुद्ध जुध्न र सङ्घर्ष गर्न प्रेरणा दिइरहे । उनी आफ्नो समयका दबिएका, दबाइएका, थिचिएका मिचिएका जनताका आवाज बनेर खडा भए । उनले आफ्नो कलमबाट रुसी साहित्य र जनतामा आमूल परिवर्तनका लागि नयाँ ऊर्जा र ठुलो उत्साहको सञ्चार गरिरहे ।
सात वर्षको उमेर पुग्दानपुग्दै अनाथ हुन पुगेका गोर्कीले निकै चाँडै यो यथार्थ सत्यको सामना गर्नुपरेको थियो । गोर्कीको जीवन एउटा सङ्घर्षकै नाम हो । उनी आफ्नो बाल्यकालदेखि नै एक मजदुरका रूपमा पालिए र हुर्किए अनि घरेलु कामदेखि लिएर, रोटी कारखाना, पानी जहाज र खेतहरूमा समेत कयौँ प्रकारका कामहरू गरे र यसरी उनी सानैदेखि एउटा मजुदरको जीन्दगीको रूपमा निरन्तर सङ्घर्षशील रहे ।
माता–पिताको देहान्तपछि उनको बाल्यकाल आफ्ना हजुर आमा र हजुर बाकोमा बित्न थाल्यो । समाजको सबैभन्दा गरीब मानिसहरू बस्ने फोहोर र दुर्गन्धले भरिएका मानिसहरूको बस्तीमा हुर्केर उनी तन्नेरी भए । हजुर आमाको पनि देहान्त भएपछि गोर्कीले १३ वर्षकै उमेरमा घर छोडे । अनि अनेक ठाउँमा काम गर्दै र रुसका कैयाँै ठाउँमा घुम्दै रहे । त्यस क्रममा उनले समाजलाई अझ नजिकबाट हेर्ने र बुझ्ने मौका पाए ।
म्याक्सिम गोर्की (२८ मार्च १८६८ – १८ जून १९३६) ले बाल्यकालदेखि पेट भर्नका लागि नै पाउरोटी बनाउने, नून बनाउने कारखाना मजदुर, भान्से, चौकीदार, कुल्ली, माली, सडकमा गिट्टी कुट्ने कामदारसम्मको काम गर्नु परेको थियो । समाजमा मेहनत गर्ने मानिसहरू, गरीब आवारा मानिसहरू, गन्दा र फोहोरी बस्तीका निबासीहरूका बिचको सङ्गतले गर्दा उनले यो जीवन यात्राको किताबबाटै ठुलो ज्ञान हासिल गरे । यसरी उनले औपचारिक शिक्षाका लागि विद्यालयको मुखसम्म पनि देख्न पाएका थिएनन् । तर पनि दिनको १४–१५ घण्टा कम्मर भाँचेर काम गरेको अनुभवले उनलाई वास्तवमा मजदुर वर्गको साँचो लेखक बनाउन सर्वाधिक मद्दत गरेको थियो ।
अनेक अनुभवका कारणले उनका लागि त्यतिबेलाको रुसको जारशाही निरङ्कुश शासनमुनिको शोषण, उत्पीडन र दमन उनका साहित्यिक रचनाहरूको आधार बने । त्यसैले उनी जनताको मुक्ति सङ्घर्षको हिस्सा बनेर सशक्तरूपमा खडा भए । उनलाई कुनै विद्यालय, विश्वविद्यालयमा पढ्ने अवसर त मिलेन । तर, रुसी क्रान्तिकारीहरूसँगको सम्पर्कले उनलाई विभिन्न किताबहरूसँग सम्पर्क र परिचित गरायो । उनका आफ्नै अनुभव – श्रमजीवी जनतासँग जोडिन जाँदा मिलेका अनुभवहरूले उनको कलमको टुप्पोलाई अझ तिखारिदियो र निकै चाँडै नै उनलाई एउटा ठुलो लेखक बन्न मद्दत मिल्यो ।
आफ्नो साहित्यिक जीवनको आरम्भमा नै गोर्कीको परिचय लेव टोल्स्टोय र चेखबजस्ता महान रुसी लेखकहरूसँग भयो । उनी आरम्भिक दिनदेखि नै रुसी क्रान्तिकारी आन्दोलनहरूसँग जोडिदै गए । अनि पछिबाट कम्युनिस्ट पार्टीमा सम्मिलित भएर जनताको मुक्तिको सङ्घर्षसँग अझ नजिकैबाट जोडिन पाए । त्यसै क्रममा उनले मजदुरहरू र क्रान्तिकारीहरूको जीवन र सङ्घर्षमा आधारित भएर आफ्नो विश्व प्रसिद्ध उपन्यास ‘आमा’ १९०६ मा लेखे ।
गोर्कीले आफ्ना कथा, नाटक, उपन्यास र लेखहरूको माध्यमबाट समाजलाई चित्रण मात्र गरेनन् अझ अगाडि बढेर ती सबैलाई परिवर्तनको हतियारको रूपमा उपयोग गरे । उनका आत्मकथात्मक उपन्यासहरू – ‘मेरो बचपन’, ‘मेरो विश्वविद्यालय’ तथा ‘जीवनको बाटो’ मा दुर्दान्त जीवन बिताइरहेका मजदुर तथा तत्कालीन समाजको यथार्थलाई जीवन्तरूपमा चित्रण गरेको र त्यस्तो जीन्दगीको विरुद्ध विद्रोह गर्न उत्प्रेरित गरेको पाइन्छ । जसले निजी सम्पत्तिमा आधारित समाजका तौरतरिकालाई स्वीकार्न इन्कार गर्दछन् ।
आज गोर्कीको सम्पूर्ण जीवन र उनका साहित्यिक कार्यहरू पूरै संसारका मजदुरहरूका लागि प्रेरणाका स्रोत बनेका छन् र अन्यायका विरुद्ध गोर्कीको के मान्यता रहेको पाइन्छ भने –पुँजीवादी समाजमा समग्रमा मानिसले आफ्ना अदभूत क्षमतालाई निरर्थक लक्ष्य प्राप्तिका लागि बर्बाद गर्दछ । जीवनप्रति उनको दृष्टिकोण आशावाद र जनतामा दृढ विश्वासले भरिएको थियो । यहाँ अन्त्यमा उनको विश्व प्रसिद्ध उपन्यास ‘आमा’ बाट मजदुर नायक पावेलले अदालतमा दिएको महत्वपूर्ण बयान प्रस्तुत छ जसले सामाजिक परिवर्तनका लागि उनको साहित्यिक प्रयोजनियतालाई एकदमै खुलस्त र प्रस्ट पार्दछ ।
ती मजदुर नेताको बयानमा भनिएको छ – ‘हामी समाजवादी हौँ । यसको मतलब हो कि हामी निजी सम्पत्तिको विरुद्ध छौ’ । निजी सम्पत्तिको पद्धतिले समाजलाई छिन्नभिन्न तुल्याइदिन्छ, मानिसलाई एक अर्काको दुश्मन बनाइदिन्छ । मानिसका परस्पर हितहरूमा एउटा यस्तो द्वेष पैदा गरिदिन्छ, जसलाई मेटाउन सकिदैन । यस द्वेषलाई लुकाउन या न्यायसङ्गत ठहराउनका लागि यसले असत्यको सहारा लिन्छ । अनि असत्य, धोका र घृणाले हरेक मानिसको आत्मलाई दुषित तुल्याइदिन्छ ।
त्यस बयानमा क्रान्तिकारी मजदुर नेताको मुखबाट गोर्कीले आमा उपन्यासमा बोलेका छन् –‘हाम्रो विश्वास छ कि त्यो समाज जसले मानिसलाई केवल केही अन्य मानिसलाई धनवान बनाउनका लागि साधन सम्झन्छ, अमानुषिक हो र हाम्रो हितको विरुद्ध छ । हामी यस्तो समाजको असत्य र धोकाले भरिएको मानसिक पद्धतिलाई स्वीकार गर्न सक्तैनौँ । व्यक्तिप्रति त्यस रबैयामा जुन अन्याय र क्रूरता छ त्यसको हामी निन्दा गर्दछौँ । यो पुँजीवादी समाजले व्यक्तिमाथि जुन शारीरिक तथा नैतिक दासता थोपरेको छ हामी त्यसको हरेक रूपविरुद्ध लड्न चाहन्छौँ र लड्नेछौँ । केही मानिसको स्वार्थ र लोभको हितमा अधिकांश मानिसलाई कुल्चिने जति पनि साधनहरू छन् हामी ती सबैका विरुद्ध लड्ने छौँ ।
त्यसको अन्त्यमा भनिएको छ, ‘‘हामी मजदुर हौँ, हामी ती मानिसहरू हौँ जसको मेहनतले बाल बच्चाका खेलौनादेखि लिएर ठुल्ठुला मेसिन या यन्त्रहरूसम्म विश्वका हरेक चीजबीजहरू तयार हुन्छन् तर पनि हामीलाई नै आफ्ना मानबोचित प्रतिष्ठाको रक्षा गर्ने अधिकारबाट बञ्चित राखिने गरिन्छ, कसैले पनि आफ्नो निजी स्वार्थका लागि हाम्रो शोषण गर्न सक्छ । यतिबेला हामी कम्तीमा यति स्वतन्त्रता त हासिल गर्न चाहन्छौँ कि अगाडि गएर हामीले सारा सत्ता हातमा लिन सकौँ । हाम्रा नाराहरू एकदमै सिधा र प्रस्ट छन् ः निजी सम्पत्तिको नास होस्, उत्पादनका सारा साधन जनताका सम्पत्ति हुन्, सत्ता जनताको हातमा होस्, हरेक मानिसले काम गर्नुपर्दछ । अब त तपाईले बुझ्नु नै भयो होला कि हामी विद्रोही होइनौं ।’’ यसरी गोर्कीले समाजवादका बारेमा आमा उपन्यासमा नै प्रस्ट र यथेष्ट औँल्याएका छन् ।
– एजेन्सीबाट
Leave a Reply